उनलाई शुक्रबार पक्राउपश्चात् नुवाकोट जिल्ला अदालतबाट फैसला कार्यान्वयनका लागि जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
नुवाकोट– मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ का जंगबहादुर तामाङ (राम)लाई प्रहरीले २६ वर्षपछि पक्राउ गरेको छ।
एक महिलालाई भारतमा लगेर बिक्री गरेको पुष्टि भएसँगै मकवानपुर जिल्ला अदालतबाट ९ वर्ष ७ महिना १० दिन कैद सजाय तोकिएका तामाङलाई नुवाकोट प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
विशेष सूचनाका आधारमा उनलाई जिल्लाको तादी गाउँपालिका–४ सातबिसेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए। उनको अनुसार मकवानपुर जिल्ला अदालतले तामाङलाई विसं २०५५ माघ १९ गते ९ वर्ष ७ महिना १० दिनको कैद सुनाएको थियो।
उक्त फैसला हुनुअघि देखि नै फरार रहँदै आएका उनलाई शुक्रबार पक्राउपश्चात् नुवाकोट जिल्ला अदालतबाट फैसला कार्यान्वयनका लागि जिल्ला कारागार चलान गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
