हवारीले पीडितलाई बिहे गर्नेसम्म प्रलोभन देखाई नेपालमै पटक–पटक यौन शोषण गरेको र विभिन्न समयमा ११ लाख २८ हजार रुपैयाँ रकमसमेत ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।
काठमाडौँ– क्यानडा पठाइदिन्छु भनी दुबई पुर्याएर मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका–३ ठेगाना भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–१ बस्ने फिरोज खाँन भन्ने २६ वर्षीय फरमान हवारी रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।
उनका अनुसार टिकटकको माध्यमबाट चिनजान भएकाहरूलाई आफूले धेरै मानिसहरूलाई क्यानडा पठाइसकेको भनी प्रलोभन देखाउँदै हवारीले पीडितलाई दुबई पुर्याई बन्धक बनाई राख्ने गरेका थिए। यद्यपि पीडितहरू आफन्तको सहयोगमा नेपाल फिर्ता हुन सफल भएका थिए। त्यसपछि उनीहरूको उजुरीका आधारमा प्रहरीले हवारीको खोजी थालेको थियो।
घटनामा संलग्न रही फरार रहेका हवारीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनसँगको समन्वयमा काठमाडौँ नयाँ बानेश्वरबाट पक्राउ गरेको प्रवक्ता ढकालले बताए।
“हवारीले क्यानडा जानका लागि ३० लाख रुपैयाँ लाग्ने बताएको, पीडितलाई बिहे गर्नेसम्म प्रलोभन देखाई नेपालमै पटक–पटक यौन शोषण गरेको र विभिन्न समयमा ११ लाख २८ हजार रुपैयाँ रकमसमेत ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ,” उनले भने।
पक्राउ परेका हवारीउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको समेत प्रहरीले खोजी गरिरहेको प्रवक्ता ढकालको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
