रानीवन सामुदायिक वनमा लागेको आगो निभाउन वनमा पुगेका देवसिंह कामीको आगोको लप्कोले एक्कासि भेट्दा जलेर मृत्यु भएको प्रहरीको भनाइ छ।
ढोरपाटन– बागलुङमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्लाको तमानखोला गाउँपालिका–२ सिल्गुममा आगलागी हुँदा स्थानीय ४८ वर्षीय देवसिंह कामीको मृत्यु भएको हो भने सोही ठाउँका ३१ वर्षीय ज्ञानबहादुर बुढा मगर र ३३ वर्षीय प्रेमबहादुर घर्ती मगर घाइते भएका हुन्।
शुक्रबार बिहानदेखि सिल्गुमस्थित रानीवन सामुदायिक वनमा लागेको आगो निभाउन वनमा पुगेका कामीको आगोको लप्कोले एक्कासि भेट्दा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार सुनारले जानकारी दिए। बिहान ११ बजेदेखि बेपत्ता भएका कामीको दिउँसो २ बजे मात्र शव फेला परेको उनको भनाइ छ।
घाइते बुढा मगर र घर्ती मगरलाई उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको प्रहरी निरीक्षक सुनारले बताए। घाइते दुई जनाको शरीरका विभिन्न अंगहरू जलेको उनी बताउँछन्। शवलाई उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गरेको सुनारले बताए। आगलागीमा परी एक घर र दुई गोठ नष्ट भएको उनको भनाइ छ।
“बिहानदेखि नै आगलागी भएको रै'छ, प्रहरी, स्थानीय भएर निभाउने क्रममा उहाँहरू आगोमा पर्नु भएछ, आगो निकै ठूला क्षेत्रमा फैलिएको छ, घर गोठ पनि जलेका छन्,” प्रहरी निरीक्षक सुनारले भने, “आगो नियन्त्रणमा लिने प्रयास त गरियो तर सकिएको छैन, ठूलो क्षेत्रमा फैलिएको आगो नियन्त्रणबाहिर छ, तत्काल बस्तीहरू त जोखिममा छैनन् तर जंगल सबै जल्ने भयो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
