इलाम क्षेत्र–२ का १४९ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए।
काठमाडौँ– इलाम–२ प्रतिनिधिसभा सदस्य र बझाङ प्रदेशसभा (१) मा मतदान शुरू भएको छ। इलाम क्षेत्र–२ का १४९ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए।
शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न ७४५ कर्मचारी, एक हजार ५२३ नेपाल प्रहरी, ७१० सशस्त्र प्रहरी बल, ४५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना कर्मचारी परिचालन गरिएको घिमिरेले बताए।
यहाँ एक लाख १५ हजार ८८९ मतदाता कायम भएका छन्। जसमा ५९ हजार १८ पुरुष, ५६ हजार ८६९ महिला र दुई जना तेस्रोलिंगी छन्।
उता, बझाङ प्रदेशसभा (१) मा ९३ मतदान केन्द्रका लागि ४६५ कर्मचारी र एक हजार २०० सुरक्षाकर्मी परिचालन गरिएका छन्। यहाँ ३१ हजार ५४९ पुरुष र ३० हजार १९९ महिला गरी कुल ६१ हजार ७४८ मतदाता छन्।
निष्पक्ष र भयरहित वातावरणमा चुनाव हुने निर्वाचन कार्यालय बझाङका प्रमुख मानबहादुर धामीले बताए। मतदान साँझ ५ बजेसम्म हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
