शहरी भेगमा ६ लेन र जंगल क्षेत्रमा चार लेनमा विस्तार कार्य दुई खण्डमा विभाजन गरेर अघि बढाइएको थियो। ठेक्का लागेको ६ वर्षमा पनि प्रगति भने निराशाजनक छ।
बुटवल– बुटवल–नारायणगढ सडकखण्ड १३४ किलोमिटर विस्तार शुरू ६ वर्ष पुग्यो। २०७५ चैतमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले यसको शिलान्यास गरेका थिए।
शहरी भेगमा ६ लेन र जंगल क्षेत्रमा चार लेनमा विस्तार कार्य दुई खण्डमा विभाजन गरेर काम अघि बढाइएको थियो। एशियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तार गर्ने भनेर थालिएको कामको प्रगति भने निराशाजनक छ।

भौतिक प्रगति अहिलेसम्म ५० प्रतिशत पनि पुग्न सकेको छैन। सर्वसाधारणले पानी पर्दा हिलो र घाम लागे धूलो भोग्नु परेको छ। शिलान्यासको ६ महिनासम्म पूर्वतयारी नपुगेको भन्दै काम भएन। त्यसपछि कोभिड महामारी शुरू भयो।

अहिले पूर्व र पश्चिमखण्डका केही स्थानमा कालोपत्र भइरहेको छ। १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागत रहेको यो योजनामा एशियाली विकास बैंकको ८५ र नेपाल सरकारको १५ प्रतिशत लगानी छ।





Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
