किरात राई समुदायको संस्कृति र सभ्यतासँग जोडिएको साल्पा–सिलिचुङको मुन्दुमी मिथकलाई लिपिबद्ध गरी पुस्तकका रूपमा प्रकाशन गरिएको छ।
गोदावरी– मुन्दुम मौखिक इतिहास हो। किरात समुदायले मुन्दुमलाई जीवनदर्शन मान्छन्। यसैबीच, किरात राई समुदायको संस्कृति र सभ्यतासँग जोडिएको साल्पा–सिलिचुङको मुन्दुमी मिथकलाई लिपिबद्ध गरी पुस्तकका रूपमा प्रकाशन गरिएको छ।
साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले प्रकाशन गरेको ‘साल्पा सिलिचुङ–सिलिछो’ नामक मुन्दुमी मिथक र इतिहास प्रकाशन गरेको हो। पुस्तकको नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, प्राडा. टंक न्यौपाने, प्राडा. सोमनाथ खतिवडा, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सहप्राध्यापक डा. जनक राई, किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो र राससका महाप्रबन्धक सिद्धराज राईले सामूहिक रूपमा विमोचन गरे।
पुस्तकको परिचर्चा गर्दै सहप्राध्यापक डा. राईले किरात राई समुदायका आम मानिसले मुन्दमी ज्ञानलाई कसरी प्रयोग गरिरहेका छन् भन्ने पुस्तकमा उल्लेख गरिएको बताए। “साल्पा सिलिचुङको मुन्दुमी मिथकलाई अध्ययन गर्दा जतिखेर किरातका पुर्खा साल्पा सिलिचुङ पुगेका थिए, त्यतिखेर मातृसत्तात्मक समाज भएको प्रस्ट हुन्छ,” उनले भने।
प्राडा. खतिवडाले विश्वका धेरै विश्वविद्यालयले मौखिक इतिहास पढाउने गरेको बताए। नेपालमा मात्र लेख्य इतिहास पढाउने गरेको तर किरात सभ्यता र संस्कृतिसँग धेरै ठूलो मौखिक इतिहास भएको उनको भनाइ थियो। त्यस्ता मौखिक इतिहासलाई लिपिबद्ध गर्ने काममा यो पुस्तक कोसेढुंगा साबित हुने उनले विश्वास व्यक्त गरे।
किरात संस्कृतिका अध्येतासमेत रहेका प्राडा. न्यौपानेले कुनै एउटा मात्र जाति र व्यक्तिको देश नहुने बताए। विविध जाति समुदाय रहेको नेपालमा किरात धर्म संस्कृतिका अनेकौँ मुन्दुम लेखिनुपर्नेमा उनको जोड थियो। “यस पुस्तकले मिथकको माध्यमबाट किरात राईहरूको एकताको सन्देश दिन खोजेको छ,” उनले भने, “अहिलेको नेपाल राज्य निर्माण गर्ने प्रमुख शक्ति किरात हो, त्यसैले साल्पा र सिलिचुङको मिथक पनि जनइतिहास भएकामा कुनै विवाद छैन।”
२२७ पृष्ठको पुस्तकमा मिथक र विश्लेषण गरी दुईवटा खण्ड छ। २१ वटा मिथक संकलित छन्। पुस्तकको सम्पादन भोगिराज चाम्लिङ, डा. तारामणि राई, चन्द्रकुमार हतुवाली र शालिकराम राईले गरेका हुन्। साल्पा सिलिचुङ, साल्पा सिलिछो गाउँपालिका भोजपुरमा पर्छ।
यो स्थान भोजपुर, संखुवासभा, सोलुखुम्बु र खोटाङको सीमासँग जोडिएको छ। साल्पा पोखरी समुन्द्री सतहदेखि तीन हजार ७५० मिटर उचाइमा छ भने सिलिचुङ चार हजार १५५ मिटर अग्लो शिखर हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
