सर्लाहीको सदरमुकाम मलंगवामा र ब्रह्मपुरी गाउँपालिकामा एक/एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
सर्लाही– सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। सर्लाहीको सदरमुकाम मलंगवामा र ब्रह्मपुरी गाउँपालिकामा एक/एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला परेको हो। शनिबार बिहान ब्रह्मपुरी गाउँपालिका–२ निवासी अन्दाजी १८ वर्षीय अरविन यादव मृत फेला परेका हुन्।
बिहान स्थानीयले मकैबारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवको अवस्था हेर्दा घटना गएरातिको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
प्रहरी नायब उपरीक्षक श्रेष्ठको टोली घटनास्थल पुगी अनुसन्धान शुरू गरेको छ। युवकको हत्या भएको वा आत्महत्या के हो भन्ने कुरा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी मलंगवामा घरको छतबाट खसेर एक पुरुषको ज्यान गएको छ। शनिबार बिहानीपख घरको छतबाट खसेर गम्भीर घाइते भएका ४५ वर्षीय सन्तोष राउतको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
मलंगवा नगरपालिका–१० का राउत मलंगवा नगरपालिका–९ स्थित दिनेश राउतको घरमा भाडामा बस्दै आएका थिए। अत्यधिक गर्मीका कारण शीतल खोज्दै छतमा सुतेका कारण लडेको हुनसक्ने प्रहरीको अनुमान छ।
उनको शव शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
