धरान खानेपानी व्यवस्थापन बोर्डका व्यवस्थापक इन्जिनियर राजु पोख्रेल खोलानाला सुकेर पानी ट्यांकीमा जम्मा हुन नसकेका कारण वितरण गर्न नसकिएको बताउँछन्।
धरान– सुक्खा मौसम शुरू भएसँगै धरानमा खानेपानीको अभाव भएको छ। धरानमा खानेपानीको समस्या समाधानका लागि पटक–पटकका प्रयास सफल हुन सकेका छैनन्। अहिले सुक्खा मौसम शुरू भएसँगै खानेपानीको अभाव बढ्दै गएको पाइएको छ।
धरान उपमहानगरपालिका–३ का तारा श्रेष्ठले आफूहरूले वर्षैपिच्छे खानेपानीको अभाव झेलिरहेको गुनासो गरे। उनले भने, “पानी नआएको हप्ता दिन भएको भइसकेको छ। ट्यांकरबाट पानी ल्याएर खानुपर्ने अवस्था छ। समस्या समाधान कहिले कोला भनेर कुर्दै बसेका छौँ।”
पानीको अभावमा भोगिरहेका विकास बनेपाली ट्यांकरको पानी खरिद गर्न बाध्य भएको सुनाए। “नुहाउन, लुगा धुन, भाँडा माझ्नका लागि पनि जार वा ट्यांकरको पानी प्रयोग गर्नुपर्ने अवस्था छ। धरानमा खानेपानीको समस्या समाधान कहिले हुन्छ होला पानीको अभावले धेरै दुःख पाइयो,” उनले भने।
धरान उपमहानगरपालिका–१४ स्थित पिण्डेश्वर मन्दिर क्षेत्र आसपासका बासिन्दाले घण्टौँ लगाएर धाराबाट खानेपानी बोकेर ल्याएर खानुपरेको बताउँछन्। स्थानीय पवित्रा सुब्बाका अनुसार पानी लिन एक घण्टा खर्चनुपर्ने अवस्था छ। उनले भनिन्, “खत्री धाराबाट पानी ल्याउन त्यति सहज छैन पानी भर्नलाई लाइनमा बसेर निकै बेरपछि पालो आउँछ पानी पनि पर्याप्त छैन, धेरै समस्या छ।”
पछिल्लो एक हप्तादेखि पानी नआएपछि धरान उपमहानगरपालिका–३ मा धरान खानेपानी बोर्डसँग सहकार्यमा बुद्ध ढुवानी सेवाको ट्यांकरको सहयोगमा तीन दिनदेखि पानी वितरण भइरहेको सो वडाका अध्यक्ष विद्या श्रेष्ठले बताए।
उनले भने, “बर्सेनि सुक्खा मौसममा भूमिगत पानीको सतह सुक्ने, खोलाखोल्सीको पानी जम्मा गर्न नसकेको हुनाले पानीको अभाव बर्सेनि हुने गरेको छ।” अहिले धरान–८ मा रहेको भूमिगत पानीको पम्प बिग्रिएपछि पानीको समस्या थपिएको उनले सुनाए।
विसं २०७८ को जनगणनाअनुसार धरानको जनसंख्या एक लाख ६६ हजार ५३१ छ। धरानमा हाल दैनिक दुई करोडदेखि तीन करोड लिटर पानीको माग छ। मागमध्ये आधा मात्रै पानी पनि उपलब्ध छैन।
खानेपानी संस्थानले केही वर्षअगाडि सर्दु, तामाखाम जलाधार स्रोतबाट वर्षायाममा असारदेखि माघसम्म दैनिक दुईदेखि तीन करोड लिटरसम्म पानी उपलब्ध गराउँदै आएको थियो। माघयता भने समस्या फेरि शुरू भएको छ।
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले निर्वाचित भएपछि झन्डै ४२ किलोमिटरको दुरीबाट पानी ल्याएका थिए। तर दीर्घकालीन रूपमा भने समस्या समाधान हुन सकेको छैन।
धरानमा अहिले करिब ३० हजार धारा जडान गरिएको धरान खानेपानी व्यवस्थापन बोर्डका व्यवस्थापक इन्जिनियर राजु पोख्रेलको भनाइ छ। उनले खोलानाला सुकेर पानी ट्यांकीमा जम्मा हुन नसकेको कारण धरानका सबै ठाउँमा खानेपानीको अभाव भएको बताउँछन्।
उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले धरानमा देखिएको खानेपानीको समस्याका लागि दीर्घकालीन उपाय खोज्नुपर्ने बताउँछन्। उनले भने, “धरानमा खानेपानी समस्या समाधानका लागि भइरहेका प्रयास पर्याप्त छैनन्, दीर्घकालीनरुपमा समस्या समाधान हुने गरी काम गर्नुपर्छ ।” उनले योजनाबद्ध रूपमा काम नहुँदा सुक्खा मौसम शुरू भएसँगै पानीको अभाव शुरू हुने गरेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
