साइपाल गाउँपालिका–३ को काडा मावि र वडा नं. ५ को सामुदायिक भवन मतदान केन्द्रको मतपेटिका लिन हेलिकप्टर पठाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
बझाङ– बझाङ (१) मा हेलिकप्टरबाट मतपेटिका गणनास्थलमा ल्याइँदै छ।
मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बस्ने र दिउँसोसम्ममा मतगणना शुरू गर्ने तयारी छ । साइपाल गाउँपालिकाको दुई वटा मतदान केन्द्रका मतपेटिका भौगोलिक कठिनाइका कारण हेलिकप्टर प्रयोग गरिएको हो।
सहायक निर्वाचन अधिकृत प्रकाशबहादुर सिंहका अनुसार ती मतपेटिका लिन बिहान हेलिकप्टर पठाइएको छ।
“साइपाल गाउँपालिका–३ को काडा मावि र वडा नं. ५ को सामुदायिक भवन मतदान केन्द्रको मतपेटिका लिन हेलिकप्टर पठाएका छौँ,” उनले भने, “मतपेटिका आइपुगेपछि सर्वदलीय बैठक बस्ने तयारी छ। त्यसपछि गणना हुन्छ।”
६१ हजार ७४८ जना मतदाता रहेको बझाङमा ३० हजार ३२८ मत खसेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
