ब्रिटिस गोर्खा सैन्य जीवनबाट अवकाशप्राप्त राईका यसअघि ‘राइफलको नालबाट जीवन नियाल्दा’ पहिलो खण्ड, ‘राइफलले फलाकेको जिन्दगी’लगायत आठ पुस्तक सार्वजनिक भइसकेका छन्।
काठमाडौँ– साहित्यकार गणेश राईको नवौँ कृति ‘राइफलको नालबाट जीवन नियाल्दा’को दोस्रो खण्ड सार्वजनिक भएको छ।
काठमाडौँमा आयोजित कार्यक्रममा कवि श्रवण मुकारुङ, शशी लुमुम्बू, संगीतकार वसन्त मुकारुङ, कवि विमला तुम्खेवा, लेखक तथा सम्पादक सुदर्शन श्रेष्ठ, उपप्राध्यापक टेकनाथ दाहाल, संस्कृति संरक्षण समाज र नेपालका अध्यक्ष सास अधिकारीले सार्वजनिक गरेका हुन्।
कार्यक्रममा बोल्दै कवि मुकारुङले डायास्पोरामा बसेर लेखिरहेका साहित्यकारमध्ये आफूले गणेश राईलाई अब्बल साहित्यकारका रूपमा पाएको बताए।
कवि लुमुम्बूले नेपाली साहित्यमा युद्धसाहित्यसम्बन्धी उत्कृष्ट कृति लेखेर राई युद्ध साहित्यकारका रूपमा स्थापित भएको उल्लेख गरे।
उपप्राध्यापक दाहालले कृति पढिरहँदा पाठकले आफैँ पनि युद्धमा सामेल भइरहेको अनुभूति दिने उल्लेख गरे।
पुस्तकका लेखक राईले रहरैरहरमा पहिलो किताब लेखेको स्मरण गर्दै सैन्य तथा गैरसैन्य साहित्यकारसँगको संगतले आफूलाई साँच्चिकै लेखनको लत लागेको अनुभव सुनाए।
ब्रिटिस गोर्खा सैन्य जीवनबाट अवकाशप्राप्त राई नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका पूर्व अध्यक्षसमेत हुन्। रत्न पुस्तक भण्डार, काठमाडौँले पुस्तक प्रकाशन गरेको हो।
राईका यसअघि राइफलको नालबाट जीवन नियाल्दा पहिलो खण्ड, राइफलले फलाकेको जिन्दगी (कवितासंग्रह), युद्ध एम्बुसमा राइफलको संगीत (युद्ध उपन्यास), राइफलको मूर्च्छना (युद्ध उपन्यास), फोकल्यान्ड जर्नल (युद्धअनुभव), युद्ध साहित्य सिद्धान्त र सिर्जनाहरू (संयुक्त लेखन), अमेरिका डायरी (नियात्रा) र गोर्खा गन्स प्रकाशित छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
