इलाममा बिहान ११ बजेदेखि मतगणना गर्ने सर्वदलीय निर्णय भए पनि करिब एक घण्टा ढिला गरी मतगणना थालिएको छ।
फिक्कल– इलाम क्षेत्र नं २ मा शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना शुरू भएको छ।
बिहान ११ बजेदेखि मतगणना गर्ने सर्वदलीय निर्णय भए पनि करिब एक घण्टा ढिला गरी मतगणना थालिएको हो।
इलाम नगरपालिका–७ स्थित गौतम बुद्ध सभागृहका छुट्टाछुट्टै दुई स्थानमा मतगणना भइरहेको छ।
यहाँका ६ वटा पालिकामध्ये फाककफोकथुम गाउँपालिकाको मतपत्रबाट गणना थालिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए।
त्यसपछि क्रमशः चुलाचुली र माङसेबुङ गाउँपालिका, माई, देउमाई र इलाम नगरपालिकाको मतपत्र गणना गरिनेछ। सोमबार साँझसम्ममा अन्तिम मतपरिणाम आउने सम्भावना रहेको उनको भनाइ छ।
मतपरिणाम एक घण्टाको फरकमा सार्वजनिक गरिनेछ। मतगणनास्थल सिटी हलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।
मतगणनास्थलमा ११ वटा सीसी क्यामरा जडान गरिएको तथा भीडभाड हुन नदिन चोक बजारमा डिस्प्लेमार्फत मतगणनाको अपडेट गरिनेछ।
कुल ५९.७९ प्रतिशत मत खसेको उपनिर्वाचनमा ६९ हजार २८७ जनाले मतदान गरेका थिए। १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
