बैठकमा एक हजारभन्दा बढी सहभागीमध्ये १२ जना राष्ट्राध्यक्ष र सरकार प्रमुखको सहभागिता रहनेछ। सो क्रममा गाजामा जारी मानवीय अवस्था र इरानसँगको क्षेत्रीय पक्षबारे पनि छलफल हुनेछ।
साउदी अरबमा आइतबार शुरू हुने विश्व आर्थिक मञ्चको दुई दिने विशेष बैठकमा गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव समाधानको विषय प्रमुख अजेन्डा बनाइने भएको छ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन, प्यालेस्टिनी नेता तथा इजरायल र हमासबीच युद्धविरामका लागि मध्यस्थता गर्ने प्रयास गरिरहेका अन्य देशका उच्च पदस्थ अधिकारीहरू रियादमा हुने बैठकको अतिथि सूचीमा छन् ।
साउदीका योजनामन्त्री फैजल अल–इब्राहिमले विश्व अहिले सुरक्षा र समृद्धिलाई सन्तुलित बनाउने प्रयासमा रहेको बताए।
बैठकअघि आयोजित पत्रकार सम्मेलनमा भने, “हामी यस्तो क्षणमा भेट्छौँ। जब एक गलत निर्णय वा एक गलत अनुमान वा एक गलत सञ्चारले हाम्रो चुनौतीलाई अझ बढाउनेछ।”
बैठकमा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास, मध्यपूर्व र युरोपका विदेशमन्त्री तथा प्रधानमन्त्रीसमेत सहभागी हुनेछन्।
उक्त अवसरमा फ्रान्स, जर्मनी, बेलायत र युरोपेली संघका विदेशमन्त्री तथा कतार, जोर्डन, इजिप्ट र इराकका प्रधानमन्त्रीसमेत सहभागी हुनेछन् । बैठकमा एक हजारभन्दा बढी सहभागीमध्ये १२ जना राष्ट्राध्यक्ष र सरकार प्रमुखको सहभागिता रहनेछ।
विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ) का अध्यक्ष बोर्गे ब्रेन्डे भन्छन्, “गाजामा हामीले सामना गरिरहेको गतिरोधबाट बाहिर निस्किने सम्भावित उपाय र बन्धकबारे केन्द्रित वार्तामा अब केही नयाँ गति आएको छ। बैठकमा गाजामा जारी मानवीय अवस्था र इरानसँगको क्षेत्रीय पक्षहरूमा पनि छलफल हुने भएकोले यो धेरै परिणामी बैठक बन्ने सबै सम्भावना छ।”
हमासले गाजामा सम्भावित युद्धविरामका सम्बन्धमा इजरायलको पछिल्लो प्रति प्रस्तावबारे अध्ययन गरिरहेको बताएको समाचार संस्था एएफपीले जनाएको छ। सञ्चार रिपोर्ट अनुसार वार्ताको मध्यस्थता गरिरहेको इजिप्टको एक प्रतिनिधिमण्डल अवरुद्ध वार्ता शुरू गर्न इजरायल पुगेको उल्लेख गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
