काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलनमा दुई वटा लगानी सम्झौतामा हस्ताक्षर भएको छ।
काठमाडौँ– काठमाडौँ जारी तेस्रो लगानी सम्मेलनमा दुई वटा लगानी सम्झौतामा हस्ताक्षर भएको छ। काठमाडौँमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलनमा दुई वटा लगानी समझदारीमा हस्ताक्षर भएको हो।
नेपालमा विश्वस्तरको डेटा सेन्टर, क्लाउड सर्भिस र आर्टिफिसियल इन्टेलिजेन्स प्लेटफर्म निर्माणका लागि एमओयू सम्झौता भएको हो। उक्त सम्झौतामा नेपालको बीएलसी ग्रुप र भारतको योट्टा डाटा सर्भिसेस इन्डियाबीच सम्झौता भएको हो। योट्टाका तर्फबाट सीईओ सुनील गुप्ता र बीएलसीका तर्फबाट प्रबन्ध निर्देशक मेघा चौधरीले एमओयू सम्झौतामा हस्ताक्षर गरे।
त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, मलेसियाबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।समझदारी पत्रमा मलेसिया चेम्बर्स अफ कमर्सका तर्फबाट अध्यक्ष टान सी डाटो थायन लाई र उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालले हस्ताक्षर गरे।
दुई दिनसम्म तेस्रो लगानी सम्मेलनको आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका हुन्। सम्मेलनको पहिलो दिन उद्घाटन सत्र र दुई वटा मुख्य सत्र रहेका छन्। त्यस्तै, दोस्रो दिन ११ वटा समानान्तर सत्र सञ्चालन हुनेछन्। सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार ६०० भन्दा बढी व्यक्तिको सहभागिता छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
