इलाम–२ को मतगणनाको प्रारम्भिक मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काको अग्रता देखिएको छ। उनलाई एमालेका सुहाङ नेम्बाङले पछ्याइरहेका छन्।
काठमाडौँ– इलाम–२ मा शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ।
मतगणनाको प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवारको अग्रता देखिएको छ। कांग्रेसका डम्बरबहादुर खड्काले ६५७ मतसहित अग्रता लिएका हुन्।
कांग्रेस उम्मेदवार खड्कालाई नेकपा एमालेका सुहाङ नेम्बाङले ५३४ मतसहित पछ्याइरहेका छन्।
त्यस्तै, पहिचानवादीका साझा एवं स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम १८७ मतसहित तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बू ११५ मतसहित चौथो स्थानमा छन्।
यो फाकफोकथुम– १ को गणना सकिँदाको मतपरिणाम हो। यहाँ २०७९ मंसिर ४ को निर्वाचनमा कांग्रेसको पक्षमा ८०९ र एमालेको पक्षमा ४५७ मत खसेको थियो।
शनिबार सम्पन्न इलाम–२ को उपनिर्वाचनमा ५९.७९ प्रतिशत मत खसेको थियो। इलाम–२ मा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
