काठमाडौँ महानगरपालिका–३१ शंखमूल दोभानपुलमा आइतबार भएको आगलागी नियन्त्रणमा आएको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिका–३१ शंखमूल दोभानपुलमा आइतबार भएको आगलागी नियन्त्रणमा आएको छ।
शंखमूल दोभानपुलमा विशाल केसीले सञ्चालन गरेको देवी अटो मोबाइल्स प्रालिमा आइतबार दिउँसो विद्युत् सर्ट भई आगलागी भएकामा अहिले नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिए।
उनका अनुसार आगोले सोही पसलसँग जोडिएका मेघराज घलेको बाबाठाकुर मोटरसाइकल वर्कसप, वीरेन्द्रप्रसाद यादवको जयबजरंग बली पान सपल, चन्द्रकुमार कुसवाहाको माछा पसल, जगन्नाथ शर्माको खाजा पसल, गोपालबहादुर विष्टको तरकारी, फलफूल तथा किराना पसल, आशागोपाल श्रेष्ठको मासु पसल, चन्द्र महर्जन र केदार श्रेष्ठको पक्की घरको भित्ता तथा मेघराज घलेको फास्टफुड रेस्टुरेन्टमा समेत क्षति भएको छ।
बानेश्वर प्रहरी वृत्तबाट प्रहरी निरीक्षक प्रकाश खत्रीको नेतृत्वमा खटिएको २० जनाको टोली तथा स्थानीय बासिन्दा, तीन वटा दमकलको सहयोग आगलागी नियन्त्रणमा लिइएको प्रवक्ता अधिकारीले बताए। आगलागीबाट भएको क्षति यकिन विवरण भने आउन बाँकी रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
