श्रमाधान कल सेन्टर भन्नाले नेपालमा वा विदेशमा रहेका नेपाली श्रमिकहरूको समस्या, जिज्ञासा र सुझावलाई विभिन्न माध्यमबाट संकलन गरी सम्बन्धित निकायसम्म पुर्याएर समाधान गर्ने सुविधा हो।
काठमाडाैँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले 'श्रमाधान कल सेन्टर (संचालन तथा व्यवस्थापन) कार्यविधि २०८१' जारी गरेको छ। श्रम तथा रोजगारसँग सम्बन्धित सम्पूर्ण जिज्ञासा, गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्ने गरी मन्त्रालयले संचालनमा ल्याउन लागेको श्रमाधान कल सेन्टरको कामलाई प्रभावकारी बनाउन कार्यविधि जारी गरेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले गत बैशाख १२ गते कार्यविधि स्वीकृति गरेको हो। त्यही दिनदेखि यो लागू हुने कार्यविधिमा उल्लेख गरिएको छ। कार्यविधिअनुसार श्रमाधान कल सेन्टर भन्नाले नेपालमा वा विदेशमा रहेका नेपाली श्रमिकहरूको समस्या, जिज्ञासा र सुझावलाई विभिन्न माध्यमबाट संकलन गरी सम्बन्धित निकायसम्म पुर्याएर समाधान गर्ने सुविधा हो।
श्रमिकहरूले विद्युतीय माध्यम (ट्याब्लेट, टेलिफोन, मोबाइल, स्मार्ट टिभी, स्मार्ट वाच) लिखित, मौखिक, ध्वनि, श्रव्य, श्रव्यदृश्य आदि माध्यमको प्रयोग गरेर प्रत्यक्ष अप्रत्यक्ष र अन्य विद्युतीय माध्यमबाट श्रमाधानमा गुनासो, जिज्ञासा, समस्या र सुझाव सम्प्रेषण गर्न सक्नेछन्। सामाजिक सञ्जाल (फेसबुक, ह्वाट्सअप, भाइबर, इमो, इन्स्टाग्राम, इमेल, एक्स, सिग्नल)बाट पनि गुनासो दर्ता गर्न सक्नेछन्।
श्रमाधान कल सेन्टरमा प्राप्त भएका गुनासोलाई श्रम मन्त्रालय र अन्तर्गतका निकायहरूमा सिफारिस गरिनेछ। गुनासोको तत्काल सम्बोधन गर्नका लागि सम्बन्धित सबै निकायमा फोकल पर्सन पनि तोक्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ। दर्ता गराएको गुनासो वा समस्या समाधान नभएसम्म सम्बन्धित श्रमिकलाई कल सेन्टरका कर्मचारीले सबै जानकारी दिनुपर्नेछ।
समस्या समाधान नभएसम्म फलोअप गर्नुपर्नेछ। गुनासोको संवेदनशीलताको आधारमा गुनासोको वर्गीकरण गर्नुपर्ने कार्यविधिमा उल्लेख छ। अति जरुरी, जरुरी, मध्यम, सामान्य, तामेली गरी गुनासोको वर्गीकरण गर्नुपर्ने छ। यसका साथै गुनासोको क्षेत्रका आधारमा पनि गुनासो वर्गीकरण गर्नुपर्नेछ। श्रम मन्त्रालय र मन्त्रालय अन्तर्गतका माहाशाखाहरू, वैदेशिक रोजगार विभाग र मातहतका कार्यालयहरू, वैदेशिक रोजगार बोर्डको सचिवालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र मातहतका कार्यालयहरू, राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान र सामाजिक सुरक्षा कोषसँग सम्बन्धित गुनासोलाई वर्गीकरण गर्नुपर्नेछ।
कल सेन्टरको एकीकृत अभिलेखलाई विद्युतीय र दस्तावेज अभिलेख गरी दुई किसिमबाट व्यवस्थित गर्नुपर्नेछ। विद्युतीय अभिलेख श्रमाधान कल सेन्टरका अभिलेखको विद्युतीय रूप तयार गरी गुनासोहरू अभिलेखीकरण गरिनेछ। दस्तावेज अभिलेख श्रमाधान कल सेन्टरमा प्राप्त गुनासोहरूको दस्तावेज आवश्यकताका आधारमा दैनिक, साप्ताहिक, पाक्षिक, मासिक अर्धवार्षिक र वार्षिक रूपमा प्रिन्ट गरेर राख्नुपर्नेछ।
मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित सुझावहरूलाई छुट्टै अभिलेखीकरण गरी मन्त्रालयमा पठाउनु पर्नेछ। मन्त्रालय र मातहतका निकायहरूले आफ्नो कार्यालयसँग सम्बन्धित गुनासोहरूको सुनुवाइ गर्न पूर्णकालीन फोकल फर्सन नियुक्त गर्नुपर्नेछ।
नेपालमा वा विदेशमा रहेका श्रमिकले श्रम र रोजगारसँग सम्बन्धित समस्या, गुनासो, सुझाव र जिज्ञासा श्रमाधान कल सेन्टरको टोल फ्रि टेलिफोन नम्बर ११४१ वा १६६००१५०००५ मा फोन गरेर राख्न सक्नेछन्।
यस्तै, +९७७–९८०१८०००१३, +९७७–९८५१३४७२२२ नम्बरमा भाइबर, ह्वाट्सअप इमोमा कल वा एसएमएस गर्न सकिन्छ। साथै इमेल ठेगाना shramadhan@feb.gov.np मा इमेल गरेर, श्रमाधान कल सेन्टरको आधिकारिक फेसबुक र एक्समा मेनसन, ह्यासटयाग र म्यासेज पठाएर पनि समस्या सुनाउन सकिने मन्त्रालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
