बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हाल दुई वडाको मतगणना सम्पन्न भएको छ।
बझाङ– बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हाल दुई वडाको मतगणना सम्पन्न भएको छ।
जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको वडा न १ र २ को मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्राप्त परिणामअनुसार एक हजार ६९२ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ७५७, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ३८०, नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले २२६ प्राप्त गरेका छन्।
नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ११५ र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका किशोर खड्काको नौ मत प्राप्त गरेका छन् भने २८ मत बदर भएको छ।
त्यस्तै, इलाम-२ मा पनि मतगणना जारी छ। फाकफोकथुम गाउँपालिका-१ र २ को दुई हजार ८३६ मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले एक हजार १४५ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले एक हजार ६३ मत प्राप्त गरेका छन्।
त्यसैगरी, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले ३११ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले २०९ मत प्राप्त गरेका छन्।
शनिबार भएको उपनिर्वाचनमा ६९ हजार २८७ अर्थात् ५९.७९ प्रतिशत मत खसेको थियो। सो क्षेत्रमा एक लाख १५ हजार ८८९ मतदाता थिए।उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
