धितोपत्र बजारमा आइतबार ६८ लाख ७८ हजार १६९ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ६८ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
काठमाडौँ— साताको पहिलो कारोबार दिन आइतबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार १४.३३ अंकले बढेर नेप्से परिसूचक १९८०.२७ विन्दुमा आइपुगेको हो।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.६२ अंकले बढेर ३५०.८० को अंकमा पुगेको छ। कारोबार भएका कुल १३ वटै उपसमूहमध्ये व्यापारबाहेक सबै उपसमूहमा सुधार देखिएको छ।
आइतबार १७९ कम्पनीको शेयर मूल्य बढेको छ भने ५६ कम्पनीको घटेको छ। नौ वटा कम्पनीको शेयर मूल्यमा परिवर्तन नभएको नेप्सेले जनाएको छ। आइतबार ३०८ कम्पनीको ६८ लाख ७८ हजार १५९ कित्ता शेयर खरिदबिक्री हुँदा दुई अर्ब ६८ करोड २५ लाख ८६ हजार ९५५ रुपैयाँ बराबरको कारोबार भएको छ।
गत साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक ३.२४ अंकले घट्दै १९६५.९३ को विन्दुमा पुगेको थियो भने ६३ लाख १२ हजार ५५२ कित्ता शेयर दुई अर्ब ३६ करोड ६९ लाख रुपैयाँमा किनबेच भएको थियो।
शेयरमूल्य बढ्नेमा पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, बेस्ट फाइनान्स, किसान लघुवित्तलगायत छन्। धेरै शेयर कारोबार हुनेमा पोखरा फाइनान्स अगाडि छ। उक्त कम्पनीको १३ करोड पाँच लाख रुपैयाँको शेयर किनबेच भएको छ।
यस्तै, मल्टिपर्पोज फाइनान्सको १० करोड नौ लाख, पिपुल्स पावरको नौ करोड ८५ लाख, गोर्खाज फाइनान्सको आठ करोड ५८ लाख, नेपाल फाइनान्सको ६ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
सेयरमूल्य घट्नेमा रिभर फल्स पावर, एनआईसी एशिया ग्रोथ फन्ड–२, गरिमा डिबेञ्चर–२०८५, छ्याङ्दी हाइड्रोपावरलगायत छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
