प्रहरीले सुनमाया किसान (सार्की) हत्याका अभियुक्तलाई ९ वर्षपछि पक्राउ गरेको छ।
काठमाडौँ– कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले नौ वर्षपछि पक्राउ गरेको छ। हत्या अभियोगमा फरार रहेका म्याग्दीको तत्कालीन कुहू गाविस–५ का समरबहादुर सार्कीलाई प्रहरीले नौ वर्षपछि पक्राउ गरेको हो।
काठमाडौँको कीर्तिपुरस्थित कृषि कार्यालयमा जेटीए २३ वर्षीया सुनमाया किसान (सार्की)को हत्या गरी फरार समरबहादुरलाई पक्राउ गरी उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको हो। मामासँग काठमाडौँको तत्कालीन सेतीदेवी गाविस–३ तौथलीस्थित कुष्ठरोग आरोग्य आश्रममा बस्दै आएकी सुनमाया २०७१ कात्तिक १ गते आश्रमकै शौचालयभित्र मृत भेटिएकी थिइन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार घटनाको अनुसन्धानका क्रममा काठमाडौँमा ज्यामी काम गर्ने समरबहादुर बाबुलाई भेट्न आश्रम जाने गरेको खुलेको छ। २०७१ असोज ३१ गते बेलुका बाबु बाहिर गएका कारण कोठामा समरबहादुर र सुनमाया मात्र थिए।
दुवै जनाले बेलुकाको खाना खाएपश्चात् सुतिसकेपछि सुनमायाले मोबाइलमा कुराकानी गर्दा समरले ‘ठूलो स्वरमा कुरा नगर, म थाकेर आएको छु, सुत्न देऊ’ भन्दै मोबाइल फाल्दा विवाद बढेको थियो। विवाद बढ्दै जाँदा सुनमायाले समरमाथि हँसिया प्रहार गरेकी थिइन्। समरको बुढी औँलामा चोट लागेको र पछि हँसिया खोस्दा हात काटेको थियो।
रिसको आवेगमा समरले सुनमायाको टाउकोमा हिर्काउँदा सुनमाया बेहोस भएको र लामो समयसम्म पनि होसमा नआएपछि घाँटी थिची हत्या गरेर शव नजिकैको शौचालयमा पुर्याएर समर भागेको अनुसन्धानका क्रममा खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत, डीएसपी सुरक्षा केसीले बताइन्।
उनका अनुसार सुनमायाको हत्यापश्चात् समर भारततर्फ भागेका थिए। केही दिनअघि तौथलीमा बाबुलाई भेट्न आएको मौका छोपेर उनलाई प्रहरीले पक्राउ गरेको हो। उनीमाथि कारबाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
