इलाम–२ मा नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पार्दै एमालेका सुहाङ नेम्वाङले अग्रता लिएका छन्।
काठमाडौँ– इलाम–२ मा नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। जारी मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ३४५ मतले अग्रता लिएका हुन्।
फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ को मतगणना सकिँदा एमालेका नेम्वाङको पक्षमा दुई हजार ५४२ मत परेको छ।
कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले दुई हजार १९७ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ५९३ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ३७८ मत प्राप्त गरेका छन्।
शनिबार भएको उपनिर्वाचनमा ६९ हजार २८७ अर्थात् ५९.७९ प्रतिशत मत खसेको थियो। सो क्षेत्रमा एक लाख १५ हजार ८८९ मतदाता छन्। यो उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
