बझाङ–१ (क) मा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले दुई हजार ८७ प्राप्त गर्दै शुरूआती अग्रता कायमै राखेका छन्।
बझाङ– बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत छविसपाथिभेरा गाउँपालिकासहित थलारा गाउँपालिका–९ को मतगणना सम्पन्न भएको छ। पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका उम्मेदवारको अग्रता कायमै छ।
एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले दुई हजार ८७ प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले एक हजार ३७३ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले एक हजार २८९ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्। त्यसैगरी, नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ८५५ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का किशोर खड्काको ३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए।
बझाङ–१ (क) मा प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्। शनिबार भएको उपनिर्वाचनमा बझाङमा ४९.१२ प्रतिशत अर्थात् ३० हजार ३२८ मत खसेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
