यूएईका प्रधानमन्त्री शेख मोहम्मदका अनुसार विमानस्थल ‘विश्वको सबैभन्दा बढी क्षमता’को र हालको दुबई अन्तर्राष्ट्रिय विमानस्थलको आकारभन्दा ‘पाँच गुणा’ ठूलो हुने छ।
अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम शुरू भएको दुबईले आइतबार घोषणा गरेको छ। संयुक्त अरब इमिरेट्स यूईएका शासकले करिब ३५ अर्ब डलरको लागतमा बन्ने उक्त टर्मिनल ‘विश्वको सबैभन्दा ठूलो’ टर्मिनल हुने बताएका छन्।
दुबईका शासक तथा यूएईका प्रधानमन्त्री शेख मोहम्मद बिन राशिद अल मकतुमले सामाजिक सञ्जाल एक्समा भनेका छन्, “हामीले मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ यात्री टर्मिनलको डिजाइनलाई स्वीकृति दिएका छौँ, एक खर्ब २८ अर्ब एईडी (३४ अर्ब ८५ करोड अमेरिकी डलर)को लागतमा भवनको निर्माण शुरू भइरहेको छ।”
एक पटक पूर्ण रूपमा सञ्चालनमा आएपछि विमानस्थल ‘वार्षिक २६ करोड यात्रीको व्यवस्थापन गर्न सक्षम हुने’ सरकारले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
शेख मोहम्मदका अनुसार विमानस्थल ‘विश्वको सबैभन्दा बढी क्षमता’को र हालको दुबई अन्तर्राष्ट्रिय विमानस्थलको आकारभन्दा ‘पाँच गुणा’ ठूलो हुने छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थल विश्वको सबैभन्दा व्यस्त विमानस्थलमध्येको एक हो।
दुबई नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष एवं ध्वजावाहक इमिरेट्सका प्रमुख कार्यकारी (सीईओ) शेख अहमद बिन सइद अल मकतुमका अनुसार परियोजनाको पहिलो चरण १० वर्षको अवधिमा तयार हुनेछ र यसमा वार्षिक १५ करोड यात्रीहरूलाई समायोजन गर्ने क्षमता हुनेछ।
अधिकारीहरूले शहरको बाहिरी भागमा निर्मित अल मकतुम विमानस्थलले दुबई अन्तर्राष्ट्रिय विमानस्थलको स्थान लेओस् भन्ने चाहेका छन्। दुबई अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता १२ करोड यात्रीसम्म रहेको छ। शहरको केन्द्रमा रहेकाले उक्त विमानस्थलको विस्तार हुन सकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
