मतगणनाको ताजा नतिजाअनुसार एमालेका सुहाङ नेम्वाङले कांग्रेसका उम्मेदवारसँगको मतान्तर फराकिलो बनाउँदै लगेका छन्।
काठमाडौँ– इलाम–२ मा भएको उपनिर्वाचनअन्तर्गत फाकफोकथुम गाउँपालिका–१, २ , ३, ४ र ५ को मतगणना सकिएको छ।
जारी मतगणनाको ताजा नतिजाअनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवारसँगको मतान्तर फराकिलो बनाउँदै लगेका छन्।
पाँच वटा वडाको मतगणना सकिँदा नेम्वाङले तीन हजार २४९ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले दुई हजार ४६९ मतसहित उनलाई पछ्याइरहेका छन्। उनीहरूबीच ७८० मतको अन्तर रहेको छ। चार वटा वडाको मत गनीसक्दा सुहाङ ३४५ मतले अगाडि थिए।
त्यस्तै, पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ७०३ मत प्राप्ता गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी मिलन लिम्बू ४३४ मत प्राप्त गरेका छन्।
फाकफोकथुम वडा नम्बर ६ को मतगणना जारी रहेको बताइएको छ। फाकफोकथुम गाउपालिकामा १६ हजार ३०२ कुल मतदाता रहेकामा नौ हजार ६०४ मत खसेको छ।
इलाम–२ एक लाख १५ हजार ८८९ मतदाता रहेकोमा शनिबार भएको उपनिर्वाचनमा ५९.७९ प्रतिशत मत खसेको थियो। यो उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
