विशेष अदालतले चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय र २५ करोड जरिबाना गरेको छ।
काठमाडौँ– विशेष अदालतले चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय सुनाएको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीश रामबहादुर थापाको इजलासले आइतबार तीन वर्ष कैद सजायसँगै २५ करोड ६९ लाख ७५ हजार जरिबानाको पनि फैसला गरेको छ।
गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको मुद्दामा विशेष अदालतले न्यौपानेलाई चैत २५ गते दोषी ठहर गरेको थियो। विभागले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा लम्बोदरसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। न्यौपानेमाथि १२ करोड ८४ लाख रुपैयाँ गैरकानूनी रूपमा आर्जन गरी सम्पत्ति शुद्धीकरण गरेको विभागको आरोप थियो।
न्यौपानेलाई दोषी ठहर गर्दै बाँकी आठ जनालाई विशेष अदालतले सफाइ दिएको थियो। रामरत्न उपाध्याय, उपेन्द्र गौतम, लबराज भट्टराई, हरिप्रसाद पाण्डे, प्रेमकुमारी केसी, इल्या दीक्षित भट्टराई, उषा न्यौपाने, इन्दिरा उपाध्यायलाई अदालतले सफाई दिएको थियो।
उनीहरूमाथि सामाजिक संस्थाको हैसियतमा खुलेको कलेजलाई ठगेर सम्पत्ति जोडेको विभागको आरोप थियो। उनीहरूले संगठित रूपमा कलेजको रकम हिनामिना गरेको उजुरीपछि विभागले २ वर्षसम्म अनुसन्धान गरेर मुद्दा दायर गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
