इलाम–२ को उपनिर्वाचनअन्तर्गत फाकफोकथुम गाउँपालिकाका ६ वटा वडाको मत गनीसक्दा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ एक हजार मतले अगाडि
छन्।
काठमाडौँ– इलाम–२ को उपनिर्वाचनअन्तर्गत फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३, ४, ५ र ६ को मतगणना सम्पन्न हुँदा नेकपा एमालेका उम्मेदवार एक हजार मतले अगाडि छन्।
मतगणनाको ताजा नतिजाअनुसार एमालेका सुहाङ नेम्वाङ तीन हजार ७८३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्का दुई हजार ७८२ मत प्राप्त गरेका छन्। उनीहरूबीचमा एक हजार १ मतको अन्तर देखिएको छ।
त्यस्तै, पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डिकेन्द्र थेगिमले ७८४ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ५६१ मत प्राप्त गरेका छन्।
निर्वाचन आयोगका अनुसार इलाम–२ मा शनिबार सम्पन्न उपनिर्वाचनमा ६९ हजार २८७ अर्थात् ५९.७९ प्रतिशत मत खसेको थियो। इलाम–२ मा एक लाख १५ हजार ८८९ मतदाता थिए। यो उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
