पछिल्लो मत परिणामअनुसार सुहाङले सात हजार ६७७ मत प्राप्त गरेका छन्।
इलाम– इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ। सो क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्बाङको अग्रता कायमै छ। पछिल्लो मत परिणामअनुसार उनले सात हजार ६७७ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले पाँच हजार ३९५ मत प्राप्त गरेका छन्। यस्तै, स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले चार हजार ५८ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बूले एक हजार १६२ मत प्राप्त गरेका छन्।
हालसम्म १९ हजार एक सय ८१ मत गणना सम्पन्न भएको छ। सो क्रममा २३३ मत बदर भएका छन्। पछिल्लो समय फाकफोकथा गाउँपालिकाका सबै र चुलाचुली गाउँपालिकाका पाँच वडाको मत गणना सकिएको छ। अहिले चुलाचुली गाउँपालिका–६ को मतगणना शुरू भएको छ।
एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार २८७ मत खसेको थियो। उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
