सेना प्रमुख जनरल अलेक्जेन्डर सिरेस्कीका अनुसार पूर्वी मोर्चामा युक्रेनको अवस्था खराब हुँदै गएको र त्यहाँ युक्रेनी सैनिकहरू पछि हट्नुपरेको छ।
युक्रेनका सेना प्रमुखले आफ्नो सेना पूर्वी मोर्चाबाट पछि हटेको बताएका छन्। सेना प्रमुख जनरल अलेक्जेन्डर सिरेस्कीका अनुसार पूर्वी मोर्चामा युक्रेनको अवस्था खराब हुँदै गएको र त्यहाँ युक्रेनी सैनिकहरू पछि हट्नुपरेको छ।
“अगाडिको अवस्था अत्यन्तै खराब भएको छ,” सिरिसकीले टेलिग्राममा पोस्टमा भने, “युक्रेनी सेना पूर्वी डोनेट्स्क क्षेत्रमा पछि हट्नु परेको छ।”
रुसको रक्षा मन्त्रालयले आइतबार आफ्नो सेनाले पूर्वी डोनेट्स्क क्षेत्रको ओचेरेटाइन नजिकैको बस्ती कब्जा गरेको दाबी गरेको थियो। रुसले यहाँ ठूलो संख्यामा सैन्य बल तैनाथ गरेको छ, जसका कारण युक्रेनी सैन्य बल नयाँ मोर्चामा सर्नु परेको छ।
जनरल ओलेक्जेन्डर सेरिस्कीका अनुसार युक्रेनी सैन्य बलहरूका लागि सबैभन्दा कठिन अवस्था मेरीइन्काको पश्चिम र अवडिभकाको उत्तर–पश्चिम हो। अवडिभकालाई रुसी सेनाले फेब्रुअरीमा नियन्त्रणमा लिएको थियो। युक्रेनका सेना प्रमुखले रुसले केही ठाउँमा रणनीतिक फाइदा उठाएको स्वीकार गरेका छन्। तर, रुसले यसलाई अपरेसनको सफलतामा परिणत गर्न नसक्ने पनि उनले बताए।
अब युक्रेनले अहिले आराम गरिरहेका ब्रिगेडहरूलाई ती क्षेत्रमा पठाउने र त्यहाँ घाटा भोगिरहेका एकाइहरूलाई हटाउने जनाएको छ।
रसिया अहिले सैन्य बल र तोपखानाको हिसाबले युक्रेनभ्नदा अगाडि छ। अमेरिकाबाट नयाँ हतियार युक्रेनमा पुग्नुअघि रुसले अधिकतम फाइदा लिन चाहन्छ। अमेरिकी हतियार चाँडै युक्रेन पुग्ने भएको छ। अमेरिकाले हालै युक्रेनलाई ६१ अर्ब डलर बराबरको सैन्य सहायता पठाउने घोषणा गरेको थियो, जुन त्यहाँको संसदबाट समेत पारित भइसकेको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमी हतियारबिना उनी रुससँग लड्न नसक्ने भनेर बारम्बार भन्दै आएका पनि छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
