वनमा आगजनी गरेको आरोपमा नेपाली मजदुर टेकरामविरुद्ध वन ऐन बमोजिम मुद्दा दर्ता गरिएको छ।
भारतको उत्तराखण्डमा पर्ने लान्सडाउन क्षेत्रका वनमा आगो लगाउने एक नेपालीसहित ६ जनालाई वन विभागको टोलीले रंगेहात पक्राउ गरेको छ।
विभागको टोलीले विभिन्न वन क्षेत्रका आरक्षित वनमा आगो लगाउने ६ जना अभियुक्तलाई रंगेहात पक्राउ गरेको भारतीय सञ्चार माध्यम अमरउजालाले जनाएको छ। यी अभियुक्तमध्ये एक जना नेपालका टेकराम नाम गरेका व्यक्ति रहेका छन्। त्यस क्षेत्रमा मजदुरी गर्दै आएका उनको पूरा नाम र ठेगाना भने समाचारमा खुलाइएको छैन।
भूमि संरक्षण वन डिभिजन ल्यान्सडाउनका वन कर्मचारीले टेकरामलाई जंगलमा आगो लगाउने क्रममा पक्रेर प्रहरीलाई बुझाएका छन्। उनका अन्य तीन सहयोगीले पनि आरोपीविरुद्ध बयान दिएका छन्। आइतबार कुल्हारको खेतमा लागेको आगो निभाएर वनकर्मी फर्किने क्रममा त्यही क्षेत्र नजिकैको वनमा आगो लगाउँदै गरेको अवस्थामा टेकरामलाई रंगेहात पक्राउ गरेको भूमि संरक्षण वन महाशाखा लान्सडाउन क्षेत्रका अधिकृत बीडी जोशीले बताएका छन्।
उनको हातमा लाइटर पनि थियो। जबकि उनका अन्य तीन सहयोगी घटनास्थलबाट केही दुरीमा पाइपलाइन बिछ्याउने काम गरिरहेका थिए। वनकर्मीले चारै जनालाई पक्रेर वन कार्यालय ल्याएका थिए। जहाँ नेपाली मजदुर टेकरामले जंगलमा आगो लगाएको कुरा साक्षी राजेन्द्र, सतीशकुमार र रञ्जित सिंहले स्वीकार गरेका थिए। चारै जनालाई प्रहरीको जिम्मा लगाइएको उनले बताए।
वनमा आगजनी गरेको आरोपमा नेपाली मजदुर टेकरामविरुद्ध वन ऐन बमोजिम मुद्दा दर्ता गरिएको कोतवाल लान्सडाउनका मोहम्मद अक्रमले जानकारी दिए। यस विषयमा छिट्टै अग्रिम कारबाही गरिने छ।
यस्तै, वन विभागले त्यहाँको खिर्सु नजिकैको आरक्षित वनमा आगो लगाउने थप ५ जनालाई पनि रंगेहात पक्राउ गरेको छ। पक्राउ पर्नेहरू सबै विहार घर भई त्यस क्षेत्रमा मजदुरी गर्दै आएका वन विभागले जनाएको छ। विभागले अहिले सबै अभियुक्तलाई अदालतमा पेस गरेको छ।
अहिले उत्तराखण्ड क्षेत्रमा आगलागीका घटना बढेका छन्। नैनितालको जंगलमा ठूलो आगलागी भएको छ। यसबारे त्यहाँका मुख्यमन्त्री पुष्कर सिंह धामीले भने, "हामी भारतीय सेनालगायत सबै संस्थासँग सहयोग खोजिरहेका छौँ। स्थानीयलाई पनि आगो निभाउने काममा सहयोग गर्न स्थानीय नागरिकलाई पनि सहयोगका लागि आग्रह गरेका छाैँ।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
