निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अभिसेकबहादुर सिंहलाई २६७ मतले हराउँदै भण्डारी प्रदेशसभा सदस्य चुनिएका छन्।
काठमाडौँ– बझाङ– १ 'क' मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्।
निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अभिसेकबहादुर सिंहलाई २६७ मतले हराउँदै उनी प्रदेशसभा सदस्य चुनिएका छन्। उनले ११ हजार ६१२ मत प्राप्त गरे भने सिंहले ११ हजार ३४६ मत प्राप्त गरे।
नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जनकबहादुर बुढाले तीन हजार ९६७, नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले दुई हजार ५१३ मत प्राप्त गरेका छन्।
यस उपनिर्वाचनमा ४९.१२ प्रतिशत मत खसेको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बझाङ–१ प्रदेशसभा ‘क’ का आठ स्थानीय तह र एक स्थानीय तहको एउटा वडाका ६१ हजार ७ सय ६८ मतदातामध्ये आधाले मात्रै मतदानमा भाग लिएका थिए।
यस क्षेत्रबाट प्रदेशसभा सदस्य कांग्रेसका पृथ्वीबहादुर सिंहको जिप दुर्घटनामा परी निधन भएपछि उपनिर्वाचन भएको हो। कांग्रेस उम्मेदवार सिंह उनैका छोरा हुन्।
गत चुनाव (२०७९ मंसिर)मा माओवादी र एकीकृत समाजवादीसँगको गठबन्धनमा नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडालाई ३ हजार ३६९ मतले पराजित गर्दै सिंह विजयी भएका थिए। सिंहले १६ हजार ६७७ मत ल्याएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
