नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यावसायिक प्रतिनिधिमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ।
काठमाडौँ– नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यावसायिक प्रतिनिधिमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ। काठमाडौँ भएको तेस्रो लगानी सम्मेलनका क्रमका चेम्बर र क्रोएसियाका व्यावसायिक प्रतिनिधिमण्डलबीच व्यापार सहजीकरण एवं पर्यटन क्षेत्रमा लगानीका विषयमा समझदारी भएको चेम्बर अफ कमर्सले जनाएको छ। चेम्बर र क्रोएसियाका निजी क्षेत्रका प्रतिनिधिबीच व्यावसायिक सहकार्य गर्ने समझदारीसमेत भएको छ।
लगानी सम्मेलनका क्रममा चेम्बरले जलविद्युत्, होटल लगायतका क्षेत्रमा एक दर्जन योजनालाई लगानीका लागि सोकेसमा राखेको छ। क्रोएसियाका निजी क्षेत्रसँगको छलफलका क्रममा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तर्राष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताए।
लगानी सम्मेलनका क्रममा चेम्बर र क्रोएसियाका प्रतिनिधिबीच नेपालमा लगानीको वातावरण, प्रतिफल, उपभोक्ता बजार, कानूनी पाटो लगायतका विषयमा छलफल भएको थियो। चेम्बर अध्यक्ष अग्रवालले नेपालमा रहेको श्रमशक्ति, मूल्य, प्रतिफलको सुनिश्चितता लगायतका कारण लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताए। अध्यक्ष अग्रवालले पर्यटन, जलविद्युत्, प्राकृतिक स्रोत, साना तथा मध्यम खालका उद्योगमा लगानीको प्रशस्त सम्भावना रहेकोमा जोड दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
