इलाम–२ मा ३९ हजार ४२१ मतगणना हुँदा एमालेका उम्मेदवार नेम्वाङलाई १६ हजार २१९ मत प्राप्त भएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्काले १० हजार ५५७ मत पाएका छन्।
काठमाडौँ– प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा शनिबार भएको उपनिर्वाचनको मत गणना जारी छ।
जारी मत गणनाको पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन्। उनी निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारभन्दा पाँच हजार ६६२ मतले अगाडि छन्।
इलाम क्षेत्र नम्बर २ का फाकफोकथुम, चुलाचुली र माङसेबुङ र देउमाई नगरपालिका १, २ ३ ४ को मतगणना सकिएको छ। प्राप्त मतपरिणामअनुसार ३९ हजार ४२१ मतगणना हुँदा एमाले उम्मेदवार नेम्वाङले १६ हजार २१९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १० हजार ५५७ मत प्राप्त गरेका छन्।
पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले आठ हजार ८२५ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले दुई हजार ६४५ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा एकीकृत समाजवादीका जितबहादुर राईले ३२२ मत पाएका छन्।
अझै इलाम नगरपालिकाको गणना गर्न बाँकी छ। कुल एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम–२ मा ६९ हजार २८७ मत खसेको थियो। यहाँ १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
