दक्षिण एसियामा लैंगिक समानताका लागि योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्ने उद्देश्यले शुरू गरिएको कमला भासिन लैंगिक समानता अवार्ड नेपालकी नतिसरा राई र भारतकी विद्या राजपूतलाई दिइएको छ।
काठमाडौँ- नेपालकी नतिसरा राई र भारतकी विद्या राजपूत कमला भासिन लैंगिक समानता अवार्डबाट सम्मानित भएका छन्। नयाँ दिल्लीमा भएको एक कार्यक्रमका बीच उनीहरूलाई सम्मान गरिएको हो।
सम्मानित राई शक्ति मिलन समाज (एसएमएस) नेपालकी कार्यकारी निर्देशक हुन्। एसएमएसले एक सयभन्दा बढी एचआईभी संक्रमित महिलालाई स्वास्थ्य सेवा, शिक्षा र जीवनोपयोगी सिप सिकाउँदै आएको छ।
राई १३ वर्षकै उमेरमा भारतमा बेचिएकी थिइन्। पछि उनको उद्धार गरी नेपाल ल्याइएको थियो। एचआईभी संक्रमित भएको भन्दै समाजले उनलाई तिरस्कार गरेपछि उनले त्यसविरुद्ध लड्ने निधो गरेकी थिइन्। हाल उनी दुःख, पीडा र अन्यायमा परेकाहरूको उद्धार र महिला बेचबिखनविरुद्धको कार्यमा संलग्न छिन्।
अर्वाड ग्रहण गर्दै राईले भनिन्, “२६ वर्षअघि भारतमा मेरो अस्मिता लुटिएको थियो। अहिले आएर कमला भासिनको नाममा सम्मानित हुन पाउँदा अत्यन्तै खुशी लागेको छ।”
त्यस्तै, कमला भासिन लैंगिक समानता अवार्डबाट सम्मानित भारतकी विद्या राजपूत भारतको छत्तीसगढस्थित बस्तर गाउँकी एक ट्रान्सवुनम (लिंग परिवर्तन गरी पुरुषबाट महिला बनेकी) हुन्। लैंगिक र अल्पसंख्यक भएकै कारणले समाजबाट अन्याय सहनुपरेको तितो अनुभव रहेकी उनले सन् २००९ मा लैंगिक पहिचानको क्षेत्रमा काम गर्ने ‘मितवा’ नामक संस्था स्थापना गरेकी छन्।
उनले संस्थामार्फत् आफूजस्तै लिंग परिवर्तन गरेका व्यक्तिहरूको पहिचान, शिक्षा, स्वास्थ्य, रोजगारी र सम्पत्तिमा अधिकारजस्ता क्षेत्रमा काम गरिरहेकी छन्। आफ्नोजस्तै संघर्ष र भेदभाव अरूले भोग्न नपरोस् भनेर उनले यौनिक अल्पसंख्यकहरूको अधिकारका लागि वकालत गर्दै आएकी छन्। समाजमा परिवर्तन ल्याउन र राज्यका नीति सुधारमा समेत राजपूतको उल्लेख भूमिका छ।
भारतकी महिलावादी (फेमिनिस्ट) लेखक, कवि, शिक्षक तथा दक्षिण एसियामा महिला अधिकार आन्दोलनकी अगुवा कमला भासिनको नाममा यो अवार्ड प्रदान गरिएको हो। दक्षिण एसियामा लैंगिक समानताका क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्ने उद्देश्यले शुरू गरिएको अवार्डको यो पहिलो अवार्ड हो।
भासिन विश्वभरका विभिन्न अभियान र अधिकारवादी संस्थासँग जोडिएकी छन्। उनको सह–संस्थापनमा संगत, दक्षिण एसिया महिला सञ्जा र जगोरीलगायत विभिन्न अधिकारवादी संस्था शुरू भएका छन्। महिला अधिकार र समानताका विषयमा उनका थुप्रै पुस्तक, पुस्तिका, कथा र गीत ३० भन्दा बढी भाषाहरूमा प्रकाशित छन्।
आजाद फाउन्डेशन, आईपार्टनर इन्डिया र नेशनल फाउन्डेशन फर इन्डियाको संयुक्त आयोजनामा दिइएको अवार्डको पुरस्कार राशि एक लाख भारतीय रुपैयाँ रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
