इलाम–२ मा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ पाँच हजार ८०० भन्दा बढी मतले अग्रता लिएका छन्।
काठमाडौँ– प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ पाँच हजार ८०० भन्दा बढी मतले अग्रता लिएका छन्।
अहिलेसम्म फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिका, माई र देउमाई नगरपालिका–१, २, ३, ४, ५ र ६ को मत गणना सकिएको छ।
पछिल्लो मत परिणामअनुसार एमालेका नेम्बाङले १८ हजार १९६ मत प्राप्त गरी अग्रता कायमै राखेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १२ हजार ३३९ मत प्राप्त गरेका छन्। नेम्वाङ र खड्काबीच पाँच हजार ८५७ मतको अन्तर रहेको छ।
तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले नौ हजार ३३६ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार मिलन लिम्बूले तीन हजार मत कटाएका छन्। ताजा नतिजाअनुसार उनी तीन हजार ६७ ल्याउँदै चौथो स्थानमा छन्।
इलाम–२ मा तत्कालीन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि उपनिर्वाचन भएको हो। एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम–२ मा ६९ हजार २८७ जनाले मतदान गरेका थिए। यहाँ विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
