इलाम–२ मा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्कासँगको मतान्तर बढाउँदै लगेका छन्।
काठमाडौँ– प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा शनिबार भएको उपनिर्वाचनको मतगणना भइरहेको छ।
मतगणनाको पछिल्लो परिणामअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङको अग्रता कायमै छ। नेम्बाङले १९ हजार ६९७ मत प्राप्त गरी अग्रता कायमै राखेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १३ हजार १९० मत प्राप्त गरेका छन्। नेम्वाङ र खड्काबीच ६ हजार ५०७ मतको अन्तर रहेको छ।
तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले नौ हजार ५१४ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार मिलन लिम्बू तीन हजार ३२३ ल्याउँदै चौथो स्थानमा छन्।
इलाम–२ मा तत्कालीन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि उपनिर्वाचन भएको हो। एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम–२ मा ६९ हजार २८७ जनाले मतदान गरेका थिए।
यहाँ विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
