साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार मौसमले साथ दिए रोप फिक्सिङ टोली केही दिनमै चुचुरोसम्म पुगेर डोरी टाँग्नेछन् र वैशाखको २८ देखि आरोहण शुरू हुनेछ छ।
काठमाडौँ– सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका लागि चौथो शिविर (७९५० मि.) सम्म बाटो खुलेको छ।
पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि डोरी टाँग्ने ‘रोप फिक्सिङ’को काम चौथो शिविरसम्म सम्पन्न भएको छ। मौसमले साथ दिए वैशाख २८ गते (मे १० तारिख) देखि सगरमाथा आरोहण हुने विभागको अनुमान छ।
विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार मौसमले साथ दिए रोप फिक्सिङ टोली केही दिनमै चुचुरोसम्म पुगेर डोरी टाँग्नेछन् र वैशाखको २८ देखि आरोहण शुरू हुनेछ छ। यसअघि आधार शिविरदेखि दोस्रो शिविरसम्म आइसफल डाक्टरको टोलीले बाटो बनाइसकेको थियो।
‘यो याममा सगरमाथालगायत ल्होत्से हिमालमा दोस्रो शिविर (क्याम्प २) देखि चुचुरोसम्म रोप फिक्सिङको जिम्मेवारी पर्वतारोहण सञ्चालक संघ नेपालको व्यवस्थापनमा सेभेन समिट ट्रेक्स प्रालिलाई दिएको र आइतबार रोप फिक्सिङ टोलीले चौथो शिविरसम्म डोरी टाँग्ने काम सम्पन्न भएको छ’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म ३७ आरोही समूहका ७० महिला र ३२० पुरुष गरी कुल ३९० आरोहीले आरोहण अनुमति लिएका छन्। सगरमाथा आरोहणबाट मात्रै ५५ करोड ८५ लाख ४४ हजार ४४९ रुपैयाँ रोयल्टी जम्मा भएको छ।
निर्देशक गुरुङले सगरमाथा आरोहणमा उत्साहबर्द्धक रूपमा आरोही आइरहेको बताउँदै अझै दुई/चार आरोही समूहले अनुमति लिन सक्ने बताए। अहिले विभागबाट धमाधम आरोहीले अनुमति लिइरहेका छन्। धेरै आरोही सगरमाथा आधार शिविर पुगिसकेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
