बुर्किनाफासोमा सन् २०२२ मा भएको सैनिक विद्रोहपछि देशको अवस्था नाजुक बन्दै गएको हो। द्वन्द्वका कारण झन्डै २० लाख मानिस विस्थापित भएका छन्।
अमेरिका र बेलायतले अफ्रिकी देश बुर्किनाफासोमा सरकारी सेनाले गरेको नरसंहारको निन्दा गरेका छन्।
ह्युमन राइट्स वाचको प्रतिवेदन अनुसार बुर्किनाफासोको याटेंगा प्रान्तको नोन्डिन र सोरो गाउँमा ५६ बालबालिकासहित कम्तिमा २२३ जनाको सेनाले हत्या गरेको उल्लेख छ।
उक्त प्रतिवेदनप्रति चिन्ता व्यक्त गर्दै दुवै देशले घटनाको सत्यतथ्य जाँच गरेर संलग्न व्यक्तिलाई कारबाही गर्न पनि माग गरेका छन्। बुर्किनाफासोमा पछिल्लो समय चलेको द्वन्द्वका कारण झन्डै २० लाख मानिस विस्थापित भएका छन्।
सन् २०२२ मा भएको सैनिक विद्रोहपछि देशको अवस्था नाजुक बन्दै गएको हो। बुर्किनाफासोमा अल–कायदा र आईएसआईएस आतंककारी संगठन सक्रिय छन्। सेना र यी संगठनबीचको द्वन्द्वमा प्रायः सर्वसाधारणको ज्यान जाने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
सन् २०१५ देखि अवस्था बिग्रिँदै गएको थियो भने २०२२ मा देशको कार्यवाहक राष्ट्रपतिबाट सैन्य नेता पाउल–हेनरी सान्डाओगो दामिबालाई हटाएपछि अवस्था झन् बिग्रिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
