आगामी अधिवेशनअघि नै राजनीतिक दलका शीर्ष नेताहरूसँग संसद्लाई प्रभावकारी बनाउने विषयमा परामर्श गर्ने सभामुख घिमिरेको भनाइ छ।
काठमाडौँ– सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूलाई महत्त्वपूर्ण विधेयकहरूमाथिको छलफल चाँडो टुंग्याएर आउँदो बजेट अधिवेशनमा सदनमा प्रस्तुत हुने वातावरण बनाउन निर्देशन दिएका छन्। मंगलबार सबै समितिका सभापति, दलका प्रमुख सचेतक र सचेतकहरूलाई बोलाएर सभामुख घिमिरेले संसदीय समितिहरूलाई प्रभावकारी बनाउन सुझाव दिएका हुन्।
सभामुख घिमिरेले महत्त्वपूर्ण विधेयकमाथि विलम्ब नगरी समितिमा छलफल सकेर संसद्को आगामी बैठकमा निर्माणार्थ पेस हुने गरी प्रस्तुत गर्ने विषयमा छलफल भएको बताए। बजेट अधिवेशन कुनै बाधा अवरोध नभई अघि बढ्नेमा आफू विश्वस्त रहेको बताउँदै सभामुख घिमिरेले संसद्लाई प्रभावकारी बनाउन सबै दलहरूको समान चासो आवश्यक रहेको उल्लेख गरे। आगामी अधिवेशनअघि नै राजनीतिक दलका नेताहरूसँग संसद्लाई प्रभावकारी बनाउने विषयमा परामर्श गर्ने सभामुख घिमिरेको भनाइ छ।
सभापति र प्रमुख सचेतकहरूबीचको छलफलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन र अन्य महत्त्वपूर्ण विधेयकबारे चर्चा भएको थियो। सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले संसद् र संसदीय समितिले गरेका निर्णयको कार्यान्वयन गराउने विषयमा अडिग रहेर निर्देशन दिन र त्यसको जिम्मेवारी लिन सभामुखलाई सुझाव दिइएको बताए।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसदीय समितिका निर्णयलाई कडाइसाथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिने र अनुगमनसमेत गर्न आवश्यक भएको भनेर सभामुखलाई सुझाव दिएको बताए।
संसदीय समितिले गरेका निर्णय र निर्देशनको पालना नभएको देखिएकाले सरकारका सम्बन्धित निकायसँग समितिका सभापतिहरू असन्तुष्ट देखिएका छन्। समितिले निर्देशन दिए पनि उच्च तहको नेतृत्वको हस्तक्षेपले संवेदनशील विषयहरू थान्को लाएर सरकारी निकायले समितिलाई नटेर्ने गरेको एक सभापतिहरूको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
