नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६.२८ को विन्दुमा पुगेको छ।
काठमाडौँ– शेयर बजार परिसूचक नेप्से मंगलबार दोहोरो अंकले बढेको छ। कारोबार रकममा पनि उत्साहप्रद बढोत्तरी छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६.२८ को विन्दुमा पुगेको छ। साताको पहिलो र दोस्रो दिनका तुलनामा मंगलबार कारोबार रकम पनि बढेको छ। मंगलबार एक करोड १८ लाख ३८ हजार १५० कित्ता शेयर किनबेच भएको छ। जसबाट चार अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
सोमबार नेप्से ०.०७ अंकले बढ्दै १९८०.३४ को विन्दुमा रहँदा ७३ लाख ४१ हजार १७७ कित्ता शेयर किनबेच भएर दुई अर्ब ९५ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। साताको पहिलो र दोस्रो कारोबार दिन बढेको फाइनान्स उपसूचक मंगलबार भने १.१८ प्रतिशतले घटेको छ। गत आइतबार ३.९८ प्रतिशतले बढेको फाइनान्स उपसमूह सोमबार एक्लै ४.१७ प्रतिशतले बढेको थियो।
मंगलबार १३ मध्ये फाइनान्सबाहेकका सबै उपसमूहको शेयर मूल्य बढ्दा परिसूचकसँगै कारोबार रकम बढेको हो। विकास बैंक उपसमूह सर्वाधिक ४.९० प्रतिशतले बढेको छ। होटल तथा पर्यटन २.५३, निर्जीवन बीमा २.३९, जलविद्युत् १.६२ र लघुवित्त १.४१ प्रतिशतले बढेका छन्। २१५ कम्पनीको शेयर मूल्य बढेको छ भने २६ कम्पनीको घटेको छ। यस दिन चार कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा दुई दिन लगातार पहिलो बनेको पोखरा फाइनान्स मंगलबार शेयर मूल्य घटे पनि धेरै कारोबार हुनेमा दोस्रो नम्बरमा परेको छ। पोखरा फाइनान्सको १७ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। पहिलो नम्बरमा शाइन रेसुंगा विकास बैंक छ। उक्त बैंकको १८ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भएको छ। यस्तै, गोर्खाज फाइनान्सको १६ करोड २५ लाख, कामना सेवा विकास बैंकको १२ करोड ९५ लाख र नेपाल फाइनान्सको शेयर १२ करोड ६० लाख रुपैयाँ बराबरको किनबेच भएको छ।
शेयर मूल्य बढेर सकारात्मक सर्किट लाग्नेमा कर्पोरेट विकास बैंक परेको छ। इन्फिनिटी लघुवित्तको शेयर पनि सर्किटस्तरमा बढेको छ। ग्रीन डेभलपमेन्ट बैंक, बोटलर्स तराई, शाइन रेसुंगा बैंकको पनि शेयर मूल्य बढेको छ। शेयर मूल्य घटेर लगानीकर्ता नोक्सानमा परेका शीर्ष पाँच कम्पनीमा पोखरा फाइनान्स, गुराँस लघुवित्त, बोटलर्स बालाजु, गोर्खाज फाइनान्स र प्रोग्रेसिभ फाइनान्स छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
