गुल्मीको रेसुङ्गा नगरपालिका–७ सिस्न्यारा पातल सामुदायिक वनमा डढेलो लगाएको आरोपमा दुई जना पक्राउ परेका हुन्।
गुल्मी– डढेलो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन्। गुल्मीको रेसुङ्गा नगरपालिका–७ सिस्न्यारा पातल सामुदायिक वनमा डढेलो लगाएको आरोपमा दुई जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा रेसुङ्गा नगरपालिका–७ का ३८ वर्षीय राजकुमार पन्थी क्षेत्री र ४१ वर्षीय राजु जिसी रहेको डिभिजन वन कार्यालय गुल्मीका निमित्त वन अधिकृत पंकजकुमार ठाकुरले जानकारी दिए। उनीहरूलाई वन ऐन २०७६ बमोजिम आगो लगाएको कसुरमा मुद्दा चलाउने तयारी गरिएको छ।
पक्राउ परेकालाई तीन वर्ष कैद र ६० हजार जरिबाना या दुवै सजाय हुन सक्ने निमित्त वन अधिकृत ठाकुरले बताए। ठाकुरका अनुसार आरोपी दुवै जनाले सामुदायिक वनमा आफूहरूले आगो लगाएको स्वीकार गरेका छन्। उनीहरूलाई नेटा बजारबाट आइतबार पक्राउ गरिएको थियो। उनीहरू गत ७ गते आगो लगाएर फरार भएका थिए। डिभिजन वन कार्यालय गुल्मीले पत्रकार सम्मेलनका क्रममा गाउँमा बस्ती रित्तिँदै गएको र झाडी बढ्दै जाँदा आगलागीका घटना बढिरहेको बतायो।
ठाकुरले सल्लाका रूख काट्ने बहस भइरहेको भन्दै केही नहुने ठाउँमा सल्ला भएकोले सल्ला काट्नको सट्टा सल्लीपिलर (सल्लाका पात) सफा गर्दा समस्या समाधान हुने बताए। कुनै व्यक्तिको लापरबाहीबाट डढेलो लागेको र त्यसले ठूलो क्षति गरेको भन्दै जनचेतना जगाउनु नै मुख्य काम भएको ठाकुरले बताए। ठाकुरले आगो लगाएको सुराकी दिने व्यक्तिलाई गोप्य रूपमा पुरस्कार प्रदान गरिने पनि जानकारी दिए।
हाल गुल्मीका १२ स्थानीय तहका ८० सामुदायिक वनमा डढेलो लागेको छ। डढेलोबाट दुई हजार बढी हेक्टर क्षेत्रफल वन नष्ट भएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ। जिल्लाको इस्मा, मदाने र गुल्मी दरबारमा घरगोठमा थुप्रै क्षति भएको छ । घटनास्थलमा राहत र उद्धारको काम भइरहेको जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
