मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश सरकार विस्तार गरेका छन्। नवनियुक्त मन्त्री विनोदकुमार शाहबाहेक अन्य मन्त्रीहरूले मंगलबार शपथ लिएका छन्।
सुर्खेत– मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश सरकार विस्तार गरेका छन्। मुख्यमन्त्री कँडेलको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले मंगलबार पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै प्रदेश मन्त्रिपरिषद् आठ सदस्यीय बनेको छ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार नेकपा माओवादी केन्द्रका महेन्द्र केसीलाई आर्थिक मामिला तथा योजना, वीरबहादुर शाहीलाई सामाजिक विकास, दुर्गाबहादुर रावतलाई उद्योग, पर्यटन वन तथा वातावरण र रनसिंह परियारलाई जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जम्मेवारी दिइएको छ।
साथै, नेकपा एमालेका शेरबहादुर बुढालाई भौतिक पूर्वाधार, विनोदकुमार शाहलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यसैगरी भौतिक पूर्वाधार तथा शहरी विकास राज्यमन्त्रीमा गमता विक नियुक्त भएकी छन्। आन्तरिक मामिला तथा कानून मन्त्रालय भने मुख्यमन्त्री कँडेल आफैँले राखेका छन्।
नवनियुक्त मन्त्री विनोदकुमार शाहबाहेक अन्य मन्त्रीहरूले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
