तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा सरकारले लिएको लक्ष्यको आधा हाराहारी मात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ।
काठमाडौँ– चालु आर्थिक वर्ष २०८०/८१ को आर्थिक वृद्धिदर ३.८७ प्रतिशतमा सीमित रहने राष्ट्रिय तथ्यांक कार्यालयले प्रक्षेपण गरेको छ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको थियो। तर तथ्यांक कार्यालयले वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धी विवरण सार्वजनिक गर्दै सरकारी लक्ष्यभन्दा आधा हाराहारी मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो।
चालु आर्थिक वर्षको ६ देखि ८ महिनाको तथ्यांकलाई आधार मानेर र बाँकी अवधिको अनुमानका आधारमा आर्थिक वृद्धिको प्रक्षेपण गरिएको कार्यालयका प्रमुख तथ्यांक अधिकारी अर्जुनप्रसाद पोखरेलले बताए।
कार्यालयका अनुसार अर्थतन्त्र उपभोक्ता मूल्यको आधारमा ३.८७ र आधारभूत मूल्यमा ३.५४ प्रतिशतले बढ्ने छ। चालु आर्थिक वर्षमा कृषि क्षेत्रको ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ३.७५ प्रतिशतले हुनेछ।
यो वर्ष उद्योग क्षेत्रको वृद्धिदर १.६ प्रतिशतले ऋणात्मक देखिने छ। कार्यालयका अनुसार निर्माण तथा व्यापार क्षेत्रमा सुधार हुन नसक्दा र वस्तु तथा सेवाको समग्र मागमा कमी आएका कारण उत्पादनमूलक उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्न नसकेकाले उद्योग क्षेत्रको वृद्धिदर ऋणात्मक हुने देखिएको हो।
पछिल्लो समयमा अर्थतन्त्रमा सिर्जित विभिन्न प्रतिकुल कारणले विश्वव्यापी रूपमा नै अर्थतन्त्रमा उल्लेख्य सुधार आउन नसकेको अवस्थामा नेपालका उद्योगहरूको उत्पादनमा समेत संकुचन आउने अनुमान कार्यालयको छ। निर्माण सामाग्रीमा आयातमा आएको कमी, स्वदेशी उत्पादनमा भएको कमीका कारणले चालु आर्थिक वर्षमा निर्माण क्षेत्रको वृद्धिदर पनि २.०७ प्रतिशतले ऋणात्मक हुने कार्यालयले जनायो। केही विद्युत् परियोजनाको उत्पादन थप भएसँगै यस क्षेत्रको वृद्धिदर भने उल्लेख्य रूपमा बढ्ने छ।
आर्थिक शिथिलताका कारण गत आर्थिक वर्षमा १.९५ प्रतिशतको मात्रै आर्थिक वृद्धिदर हासिल भएकोमा चालु आर्थिक वर्षमा सुधार देखिने आकलन छ। यद्यपि, वार्षिक लक्ष्यभन्दा भने निकै कम हो। यस्तै, चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब पुग्ने पनि कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
