सप्तरीको महादेवा गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा तीव्र गतिमा हावा चलेको बेला आगलागी हुँदा ठूलो क्षति भएको प्रहरीले जनाएको छ।
सप्तरी– सप्तरीको महादेवा गाउँपालिकामा मंगलबार भीषण आगलागी भएको छ। आगलागीबाट एक सयभन्दा बढी घर जलेर नष्ट भएको छ।
गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा तीव्र गतिमा हावा चलेको बेला आगलागी हुँदा ठूलो क्षति भएको प्रहरीले जनाएको छ।
गाउँपालिकाको वडा नम्बर १ का वडा अध्यक्ष जयकिशोर दासका अनुसार स्थानीय शत्रुधन यादवको घरबाट शुरू भएको आगलागीले गाउँ नै जलेको हो। उनले यादव, मुसहर र मुस्लिम समुदायको बसोबास रहेको यो बस्तीका अनुमानित १५० भन्दा बढी घरगोठ जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको वडा अध्यक्ष दासले बताए।
आगो निभाउने प्रयास भइरहेको छ। यता राजविराज, शम्भुनाथ, हनुमाननगर कंकालिनी नगरपालिकाबाट आएको बारुण यन्त्रका साथै नेपाल प्रहरी र स्थानीयले आगो निभाउने काम गरिरहेका छन्।
आगलागी अहिले पनि भइरहेकोले थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ। उक्त आगलागीमा करिब ६०/७० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
