पशुपतिको मन्दिरमा जलहरी राख्दा सुन हिनामिना प्रकरणमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापासहित तीनै जनाले विशेष अदालतबाट सफाइ पाएका छन्।
काठमाडौँ– पशुपतिनाथको गर्भगृहमा जलहरी राख्दा सुन हिनामिना प्रकरणमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापासहित तीनै जनाले विशेष अदालतबाट सफाइ पाएका छन्।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार थापासहित तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाल र कोषका बिसेट नाइके (स्टोर किपर) अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको हो।
जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनै जनाविरुद्ध गत असोज १४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
जलहरी राख्ने क्रममा एक किलो ४९१ ग्राम ७१८ मिलिग्राम सुन हिनामिना भएको दाबी गर्दै अख्तियारले तीन जनाविरुद्ध जनही एक करोड १७ लाख एक हजार ७८१ रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरेको थियो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा सुनको जलहरी राख्ने घोषणा गरेका थिए। उनको घोषणापछि २०७७ फागुन १२ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमा पूजा गरेर पशुपतिमा सुनको जलहरी राखेकी थिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
