तोलामा २ हजार ७०० रुपैयाँ घट्यो सुनको मूल्य

सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार ५०० रुपैयाँमा झरेको छ। मंगलबार एक लाख ३७ हजार २०० रुपैयाँ थियो। 

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला दुई हजार ७०० रुपैयाँले घटेको छ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार ५०० रुपैयाँमा झरेको हो। मंगलबार एक लाख ३७ हजार २०० रुपैयाँ थियो। 

यस्तै, तेजाबी सुनको मूल्य पनि घटेको छ। मंगलबार एक लाख ३६ हजार ५५० मा कारोबार भएको तेजाबी सुन एक लाख ३३ हजार ८५० रुपैयाँ रहेको छ। 

नेपालमा यसअघि वैशाख ७ र ९ गते सुन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो।

यसैगरी, चाँदीको मूल्य पनि बुधबार घटेको छ। चाँदी एक हजार ६३० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला एक हजार ६५० रुपैयाँ थियो।