बन्दुकधारीले पश्चिमी हेरातको गुजारा जिल्लाको मोहम्मदीयामा रहेको मस्जिदमा प्रार्थनाका क्रममा आक्रमण गरेका थिए। अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।
अफगानिस्तानको हेरात प्रान्तमा मस्जिदमा भएको आक्रमणमा एक महिला र एक बालकसहित ६ जानाको मृत्यु भएको छ। आक्रमणपछि आफुहरूको सुरक्षाका लागि भक्तजनले प्रशासनसँग आग्रह गरेका छन्।
सुरक्षा अधिकारीहरूका अनुसार आक्रमणकारीको पहिचान हुन सकेको छैन। बन्दुकधारीले मंगलबार साँझको प्रार्थनाका क्रममा पश्चिमी हेरातको गुजारा जिल्लाको मोहम्मदीयामा रहेको मस्जिदमा आक्रमण गरेका थिए।
हेरातका स्थानीय मोहम्मद जमानले प्रार्थनास्थल सुरक्षित गर्न आह्वान गर्दै सरकारले सबै मस्जिद सुरक्षित राख्नुपर्ने विषयमा ध्यान दिन सरकारसँग माग गरे।
उनले आगामी दिनमा नागरिकको सुरक्षाको सुनिश्चितताका लागि आग्रहसमेत गरे। हेरात शहरको पश्चिममा रहेको जाबरियालको छिमेकमा बन्दुकधारीले दुई शिया पादरीसहितका बासिन्दालाई आक्रमण गरेको पाँच महिनापछि यो अर्को आक्रमण भएको हो। उक्त आक्रमणमा दुई जना महिलासहित ६ जनाको मृत्यु भएको थियो ।
हेरातका बासिन्दाले आफ्नो प्रान्तमा आक्रमण गर्ने दोषीको यथाशीघ्र पहिचान गरी उचित सजाय हुनुपर्ने माग गरेका छन्। अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
