नेपालमा श्रमिक एकजुट भएर अधिकारको लागि आवाज उठाएको पहिलो आन्दोलनका रूपमा २००७ सालको विराटनगर जुटमिलको मजदुर आन्दोलनलाई लिइन्छ।
काठमाडाैँ– नेपालमा पनि १३५औँ अन्तर्राष्ट्रिय मजदुर दिवस (मे १) विभिन्न कार्यक्रम गरी मनाइएको छ। श्रमिक दिवस पनि भनिने यस दिन काठमाडाैँमा विभिन्न मजदुर संगठनहरूले र्याली निकालेका छन्।

सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम भन्ने नारासहित शुरू भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाउन थालिएको हो। सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताको बैठकले मे १ लाई विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो।

नेपालमा श्रमिक एकजुट भएर अधिकारको लागि आवाज उठाएको पहिलो आन्दोलनका रूपमा २००७ सालको विराटनगर जुटमिलको मजदुर आन्दोलनलाई लिइन्छ। २००३ फागुन २१ मा तत्कालीन वामपन्थी नेता मनमोहन अधिकारी र नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको अगुवाइमा उक्त आन्दोलन भएको थियो। यसरी नेपालमा ‘ट्रेड युनियन’ आन्दोलन शुरू भएको थियो।

अन्तर्राष्ट्रिय रूपमा मजदुर दिवस मनाइरहँदा नेपालमा भने श्रममा सही मूल्य नपाएको श्रमिकहरूको गुनासो छ। आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम भन्ने नारा नेपालका श्रमिक मजदुर वर्गमा लागू नभएको देखिन्छ।

अहिले नेपालमा दर्जनभन्दा बढी ट्रेड युनियनहरू सक्रिय छन्। तर पनि मजदुरको हकहितमा युनियनहरू प्रभावकारी नदेखिएको आरोप लाग्ने गरेको छ।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
