दक्षिणी चीनमा राजमार्ग भासिँदा २४ जनाको मृत्यु, दर्जनौँ घाइते

दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भासिँदा २४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भासिँदा २४ जनाको मृत्यु भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

मेजियु शहर र दाबु काउन्टीबीचको एस–१२ राजमार्गको १८ मिटर सडकखण्ड बुधबार बिहान २ः१० बजे भासिएको र उक्त घटनामा २० सवारी साधनहरू त्यहाँ खसेका थिए। अधिकारीहरूका अनुसार घाइते भएका ३० जनाको अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि त्यहाँ करिब ५०० जना उद्धार कार्यका लागि खटिएका थिए।