इन्धनको जोहोमा गुइँठा बनाउने व्यस्तता बढेको हो। बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म गुइँठा बनाउने काममा व्यस्त हुन्छन्।
महोत्तरी– महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियस सेरोफेरोमा छ। प्रचण्ड गर्मीसँगैको तातो हावाबीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि गुइँठा बनाउन व्यस्त छन्।
इन्धनको जोहोमा गुइँठा बनाउने व्यस्तता बढेको हो। बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म गुइँठा बनाउने काममा व्यस्त हुन्छन्। यहाँ गोबरमा पराल वा साना झिक्रा हालेर डोलो गुइँठा र घरका पर्खालमा गोबर सुकाएर चपरी पारिन्छ।
गाई, भैँसी पालेका किसानले आफ्नै गोठको गोबरमा र नपाल्नेले चरन क्षेत्र र बाटाघाटाका गोबर टिपेर घरमा ल्याई थुपारेर ‘गुइँठा’ बनाउँछन्। सबैजसो स्थानीय तहका ग्रामीण बस्तीमा अहिले आम महिला ढकी (बाँसको चोयाले बुनिएको खास भाँडो) बोकेर गोबर संकलन गर्न र घरघरै गुइँठा बनाउन व्यस्त छन्।
“के गर्नु? खानु त परिहाल्छ, त्यसका लागि इन्धनको जोहो त गर्नै पर्यो नि,” धमाधम गुइँठा बनाउँदै भंगाहा–३ सकरी बस्तीकी रामराजी सदा भन्छिन्, “अहिले इन्धनको जोहो नगरे बर्खामा अप्ठ्यारो हुन्छ।”
जिल्लामा खाना पकाउने इन्धनमा बाक्लै प्रयोग हुने गोबरको चिपरी र गुइँठामा आगो ननिभ्ने र खानेकुरा पनि स्वादिलो हुने आमविश्वास छ। बर्दिबास नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य निरीक्षक सुरेश पासवान गोबरका चिपरी र गुइँठामा पकाइएको खाना मौलिक स्वादको हुने र स्वस्थ्यकर पनि हुने बत्ताउँछन्।
यहाँका महिला अहिले कृषि कार्य नहुँदा वर्षभरिकै इन्धन जम्मा गर्न चिपरी र गुइँठा बनाउन व्यस्त भएका हुन्। घरमा पशुबस्तु हुनेले आफ्नै गोठको गोबर जम्मा गरेर लगाउने र गोठमा नहुनेले सडक र चरन क्षेत्रसम्म पुगेर गोबर संकलन गरेर घर वरपर ल्याएर थुपार्ने महोत्तरीमात्र नभएर मध्यपूर्वी तराईकै आम कुरो मानिन्छ।
यसरी दुई/तीन दिन लगाएर थुपारिएको गोबर अर्को दुई/तीन दिन लगाएर गुइँठा र चिपरी पाथ्ने गरिन्छ। सामान्यतया गोबरलाई चाक्लो पारेर पथारिनेलाई चिपरी र भित्रपट्टि पराल र मसिना झिक्रा हालेर लामो डोलो बनाइनेलाई गुइँठा वा ‘गोरहा’ भनिन्छ। यसरी बनाइएका गुइँठा घाम राम्रो लाग्ने ठाउँमा चाङ लगाएर राखिन्छ। यस्तो चाङ एक महिना जति घामले सुकेपछि पानी नचुहिने, नभिज्ने ठाउँमा थाक बनाएर राखिन्छ र आवश्यकताअनुसार खाना पकाउन प्रयोग गरिन्छ।
खासगरी वन क्षेत्र टाढा भएका र ग्यास किन्ने हैसियत नभएका घरमा इन्धनका लागि गुइँठा बालेर खाना पकाउनुपर्ने बाध्यता छ। तराई क्षेत्रमा गाई, गोरु, भैँसी र राँगाको गोबर इन्धनमा खर्च भएपछि जग्गा जमिनमा उत्पादन भने कम हुने र रासायनिक मलको प्रयोग बढेको पाका किसान बताउँछन्।
“खेतबारीमा हाल्नुपर्ने कम्पोस्ट मल बनाइने गोबर दाउरामा प्रयोग गरिन्छ,” बर्दिबास–७ का विन्देश्वर यादव भन्छन्, “खेतबारी मलिलो बनाउने कम्पोस्ट मल नभएपछि उत्पादन निकै घटेको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
