स्थानीयस्तरमा उत्पादित जुनार, अमला कागती, किबी, बेलजस्ता वस्तुको जुस बनाएर यहाँका किसान लाभान्वित भएका छन्। जुनारको जुस प्रतिलिटर १५० र किबीको प्रतिलिटर २०० रुपैयाँमा बिक्री हुने गरेको छ।
मन्थली– गर्मी बढेसँगै रामेछापमा जुनारको जुसको बिक्री बढेको छ। स्थानीय उत्पादन भएकाले यहाँका होटल तथा पसलमा मात्र होइन यहाँ आउने जोकोहीले कोसेलीका रूपमा पनि खरिद गर्न थालेका छन्।
विशेष गरी काठमाडौँ र तराईका विभिन्न जिल्लामा कोसेलीका रूपमा लैजान बढी बिक्री हुने गरेको यो जुस जिल्लाका दुईवटा उद्योगबाट दैनिक तीन लाख ५०हजार रुपैयाँ बराबरको बिक्री हुने गरेको उत्पादकले बताएका छन्। जिल्लामा निजी क्षेत्रका डिलक्स एग्रो फरेस्ट्री प्रडक्ट र मन्थली डिलक्स एग्रो फरेस्ट्रीले ‘स्क्वास’ बनाएर बिक्री गरेका छन्। दुवै कम्पनीले अलावा, कागती, किवी, अमला र बेलका जुस पनि उत्पादन गर्दै आएका छन्।
जिल्लामा जुनारको स्क्वास प्रतिलिटर १५० र किबीको प्रतिलिटर २०० रुपैयाँमा बिक्री हुने गरेको छ। एक भागमा चार भाग पानी मिसाएर पिउनुपर्ने स्क्वास रामेछाको सदरमुकाम मन्थलीका साथै जिल्लाका विभिन्न बजार केन्द्र, सिन्धुलीको खुर्कोटलगायत विभिन्न बजार, दोलखा, ओखलढुंगा, काठमाडौँ, ललितपुर भक्तपुर र तराईका जिल्लामा कोसेलीका रुपमा लैजाने गरिएको डिलक्स एग्रो फरेस्ट्री प्रालि रामेछापका सञ्चालक रामबाबु गिरीले बताए।
गर्मीको समयमा चिया पिउनेको भन्दा बढी जुस पिउने, कम्पनी नै आएर जुस खाने र किनेर लैजाने गरेको मन्थली डिलक्स एग्रो फरेस्ट्री रामेछापका सञ्चालक लोकेन्द्र श्रेष्ठले बताए। “मल्टिनेसनल कम्पनीबाट उत्पादित कोक फेन्टाजस्ता पेय पदार्थलाई निरुत्साहित गरी स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न राज्यले सहयोग गरेका बिक्री अझ बढ्ने थियो तर आफूजस्ता युवा उद्यमीलाई राज्यले कुनै सहयोग गरेको छैन, ” उनले भने।
कात्तिकदेखि मंसिर पुससम्म जुनारको सिजनमा कृषकसँग बगैँचा नै खरिद गरेर त्यसलाई प्रशोधन गरी झोल बनाएर राख्ने अनि फागुनदेखि असोजसम्म आवश्यक कच्चा पदार्थको प्रयोग गरी स्क्वास बनाएर बिक्री हुँदै आएको छ। स्थानीयस्तरमा पाइने जुनार, कागती, किबी अमला, बेलको झोलबाट स्क्वास बनाउने गरिएको छ।
गर्मी बढेसँगै जिल्लामा यसको राम्रो व्यापार हुने गरेको स्थानीय व्यवसायी चन्द्रबहादुर श्रेष्ठले बताए। स्थानीयस्तरमा उत्पादित जुनार, अमला कागती, किबी, बेलजस्ता वस्तुको जुस बनाएर यहाँका किसान लाभान्वित भएका छन्। यसबाट स्थानीयलाई रोजगारीको अवसर मिल्ने तथा यस्ता उत्पादन प्रवर्द्धनका लागि सम्बन्धित निकायले पहल गर्नुपर्ने कृषि व्यवसायी गुञ्ज कार्कीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
