ती डाक्टरले कोरोना महामारीबारे आफ्नो अनुसन्धान सार्वजनिक गर्न सरकारको स्वीकृति लिएका थिएनन्। त्यसयता उनलाई पदबाट हटाउने तथा काम गर्दा दुर्व्यवहार गर्ने कार्य भइरहेको थियो।
काठमाडौँ– सन् २०२० मा पहिलोपटक कोभिड–१९ भाइरसको लहरबारे विश्वलाई जानकारी दिने चिनियाँ वैज्ञानिक डाक्टर झाङ योंगजेनले आफू कार्यरत प्रयोगशाला (ल्याब) बाहिर धर्नामा बस्नुपरेको छ।
गत सोमबार उनलाई प्रयोगशालामा प्रवेश गर्नबाट रोकिएको थियो। त्यसपछि उनीसहित उनको टोली प्रयोगशालाको ढोकामै धर्नामा बसेको थियो। दिनभर धर्नामा बसेका डाक्टरको टोलीलाई राति आएर बल्ल प्रयोगशाला प्रवेश गर्न दिने अस्थायी सहमति भएको थियो। यसबारे उनले चिनियाँ सामाजिक सञ्जाल वेइबोमार्फत जानकारी दिएका एपीन्युजले लेखेको छ।
भाइरस विशेषज्ञ झाङले सन् २०२० को जनवरीमा कोरोना महामारीबारे अनुसन्धान प्रकाशित गरेका थिए। तर उनले त्यो अनुसन्धान सार्वजनिक गर्न सरकारको स्वीकृति लिएका थिएनन्। त्यसयता उनलाई पदबाट हटाउने तथा काम गर्दा दुर्व्यवहार गर्ने कार्य भइरहेको थियो।
सोमबारका दिन पनि झाङले प्रयोगशालामा जान खोज्दा सुरक्षाकर्मीले उनलाई रोकेका थिए। त्यतिबेला पानी परेको थियो र उनी बाहिर छाता ओढेरै धर्नामा बसेका थिए। यसका तस्वीरहरू सामाजिक सञ्जालमा पनि शेयर भएका छन्। यस विरोधको खबर चिनियाँ सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भएका छन्। उनलाई पद छोड्न बाध्य पार्न खोजिएको उनको आरोप छ।
“म पद छोड्दैन। कुनै हालतमा पनि छोड्ने छैन। म विज्ञान र सत्यको खोजीमा लागेको हो,” झाङले चिनियाँ सामाजिक सञ्जाल वेइबोमा लेखेका थिए। तर पछि उक्त पोस्ट हटाइयो।
शांघाईको जनस्वास्थ्य क्लिनिक सेन्टरले एक विज्ञप्ति जारी गर्दै ल्याबलाई 'सुरक्षा कारणहरूका लागि' बन्द गरेको भन्दै केही निर्माण भइरहेकाले अधिकारीहरूले झाङको टोलीलाई वैकल्पिक स्थान उपलब्ध गराएको जनाएको छ। तर झाङले भने यसलाई खण्डन गरेका छन्। उनले आफ्नो टोलीलाई ठाउँ खाली गर्ने सूचना नआएसम्म वैकल्पिक ठाउँ नदिएको लेखेका छन्। पछि प्रदान गरिएको ठाउँले उनको अनुसन्धानको लागि सुरक्षा मापदण्डहरू पूरा गर्न नसेकेको उनको भनाइ छ।
धेरै विज्ञहरूले झाङमाथिको यस कारबाहीलाई चिनियाँ सरकारको सूचना नियन्त्रण गर्ने प्रयासको निरन्तरताको रूपमा हेरेका छन्। समाचार एजेन्सी एपीले केही समय पहिले एउटा खोजी रिपोर्ट प्रकाशित गरेको थियो, जसमा चीनले कोभिड भाइरसको उत्पत्तिको बारेमा घरेलु र अन्तर्राष्ट्रिय अनुसन्धान प्रयासलाई रोक्न खोजिरहेको बताइएको थियो। यससँग सम्बन्धित धेरै प्रयोगशालाहरू बन्द भएका छन्। वैज्ञानिकहरूबीचको आपसी सहयोग रोकिएको छ र चिनियाँ विज्ञहरूलाई देश छाड्न दिइएको छैन।
झाङको घर जान खोजिरहेका एपी रिपोर्टरलाई पनि सुरक्षाकर्मीहरूले परिसर बाहिर रोकेका थिए। चीनको प्रमुख स्वास्थ्य संस्था नेसनल हेल्थ कमिसनका एक कर्मचारीले फोनमा सबै प्रश्न सांघाई सरकारलाई सोध्नु पर्ने बताउँदै सांघाई सरकारले प्रश्नहरूको जवाफ नदिएको एपीले जनाएको छ।
झाङको समस्या तब शुरू भयो जब उनले २०२० को जनवरी ५ मा नयाँ भाइरस पत्ता लगाए। विभागलाई पठाइएको इमेलमा उनले चिनियाँ अधिकारीहरूलाई यो भाइरस फैलिन सक्ने चेतावनी दिएका थिए। त्यतिबेला उनले भाइरसको क्रम भने सार्वजनिक गरेनन्।
भोलिपल्ट उनको प्रयोगशाला अस्थायी रूपमा बन्द भयो। त्यसपछि चीनले विश्वलाई वुहान सहरमा दर्जनौँ मानिसलाई श्वासप्रश्वाससम्बन्धी रोगको उपचार दिएको बताएको थियो।
त्यसपछि विदेशी वैज्ञानिकहरूले थाहा पाए कि झाङ र अन्य चिनियाँ वैज्ञानिकहरूले भाइरस पत्ता लगाएका थिए। उनले चीनलाई भाइरसको उक्त क्रम सार्वजनिक गर्न आग्रह गरे। सरकारी अनुमति नपाए पनि झाङले जनवरी ११, २०२० मा भाइरसको सिलसिला प्रकाशित गरे। त्यतिन्जेल कोरोना महामारी धेरै देशमा पुगिसकेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
